-डा. मनिषा न्यौपाने
लेख्दै गर्दा शब्दहरु माईती देशका,
माईती ठाउँका, माईती गाउँका, माईतीका नाममा
कसरी भुल्न सक्छु र चाँदी जसरी टल्किरहने अटल ती हिमशिखरहरुलाई।
आमाको गर्भ, आमाको कोख र आमाको माया जस्तै
बगिरहने,
हिमशिखरसँगै जन्मिएका हिमशुङ्खलाहरुलाई।।
थाहा छैन सायद कताबाट वग्ने आफ्नो बाटो आफैं बनाउदै।
उदेश्य एउटै अन्त्यमा त मिसिनुछ समुन्द्रसँगै,
हरिया पहाडका छातीहरु चिर्दै बग्दै।
हिमालबाट पहाड, पहाडबाट तराईको यात्रा तय गर्दै, पुरा गर्दै।
एउटै नाम फरक पार्दै ,
अगाडी बढ्दै,
कसरी भुल्न सक्छु र सीता माताको पनि माईती देश हो
मेरो माईती देश भन्नलाई।
गौतम बुद्ध जन्मिएको थलो हो।
मेरो माईतीदेश भन्नलाई।
सुनाउनलाई आतुर म जसरी सम्झन्छु तिमिसँगै बिताएका ती अतितका पल,
मेरी आमा११
माईती देशको एउटा कुनामा जुन तिम्रो घर अनि मेरो माईती देश थियो।
चारैतिर जङ्गलले घेरिएको,
उज्यालो बत्ती बलेको हेर्ने पारी डाडाँ हेर्नु पर्न जुन रहर थियो ।
बिरामी पर्दा उपचारका निम्ति एक रात एक दिन पियुठमा बोकेको
जुन तिम्रो त्याग थियो।
आफ्नो भन्दा धेरै माया सन्तानको थियो।
यसैले त भनिन्छ आमा तिम्रो माया निस्वार्थ हुन्छ ।
जुन एउटा प्रत्यक्ष उदाहरण थियो ।
तिम्रो कोखबाट बिस्तारै जब
आगँनमा टेक्न थाले, खेल्न थाले हुर्किदै गए।
त्यहीँबाट चल्न सिके, हिड्न सिके।
मलाई थाहा थिएन आमा झुसलकिराबाट पुतलि बनाएर तिम्ले उडाईदिन्छौ मलाई तिम्रो घरबाट
जब म अचम्ममा परे ।
घर त मेरो होईन रहेछ यो त माईतीको रहेछ भन्ने थाहा पाँए।
कन्यादानसँगै जब भित्रिए कर्मघर छाडेर आफ्नो जन्मघर
मेरी आमा तिमी भएरनै त्यो घर माईती थियो ।
हो चारैतिर मन्दिरले घेरिएको मन्दिरै मन्दिरको सहर भएको ठाउँ मेरो माईती देश थियो ।
यिनै मन्दिरको भिडमा एउटा मन्दिर थियो ।
मन्दिरमा देवी जुन तिम्रो घर अनि मेरो माईती थियो ।