RayNewsDaily
राष्ट्रपतिद्वारा आर्थिकविज्ञ डा. नेपालको राजीनामा स्वीकृत       

रे समाचार/काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिकविज्ञ डा. चिरञ्जिवी नेपालले दिनुभएको राजीनामा स्वीस्कृत गर्नुभएको छ ।

नयाँ नेपाली एक सय दरको नोटमा नेपालको नयाँ नक्सा राख्न राष्ट्र बैंकलाई अनुमति दिने निर्णयप्रति असन्तोष व्यक्त गरेपछि डा. नेपाल विवादमा पर्नुभएको थियो । सो अभिव्यक्तिलाई लिएर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  राष्ट्रपति पौडेललाई नै चेतावनी दिनुभएको थियो भने एमालेका सांसदहरूले संसदमा विरोध जनाएका थिए । सोही कारण डा. नेपाल पदबाट राजीनामा दिन बाध्य हुनुभएको हो । डा. नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर पनि हुनुहुन्छ ।     
    
राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले आज एक विज्ञप्ति जारी गरी डा. नेपालले दिनुभएको राजीनामा राष्ट्रपतिले स्वीस्कृत गर्नुभएको जानकारी दिनुभएको हो ।    
    
“राष्ट्रपतिज्यू समक्ष आर्थिकविज्ञ डा. चिरञ्जिवी नेपालले दिनुभएको राजीनामा सम्वत् २०८१ वैशाख ३० गते स्वीकृत गर्नु भएको छ । साथै, राष्ट्रपतिज्यूले डा. नेपालले आफ्नो पदमा रही पुर्‍याउनुभएको सेवाका लागि धन्यवादसमेत दिनुभएको छ”, जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । 

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  १४:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update