RayNewsDaily
शेयर बजारमा गिरावट

रे समाचार/काठमाडौं । शेयर बजारमा आज गिरावट आएको छ । पछिल्ला ४ कारोबार दिनदेखि उकालो लागिरहेको शेयर बजार मापक नेप्से परिसूचक आज भने घटेर बन्द भएको हो । आज नेप्से परिसूचक ९.५४ अंक घटेर २०१७.९७ विन्दुमा झरेको छ ।

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । हिजो ४ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएकोमा आज ३ अर्ब ७० करोड ८४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । आज दुई वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । उपकार लघुवित्त वित्तीय संस्था र युनिक नेपाल लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यसैगरी माण्डु हाइड्रोपावरको शेयरमूल्य ६ प्रतिशतले वृद्धि भएको छ भने बुद्धभूमि नेपाल हाइड्रोपावरको शेयरमूल्य साढे ५ प्रतिशतभन्दा बढी बढेको छ । गुराँस लघुवित्त वित्तीय संस्थाको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । 

कारोबार रकमका आधारमा आज पिपुल्स पावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको आज ११ करोड ८९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । त्यस्तै, नेपाल फाइनान्सको करिब ११ करोडको शेयर किनबेच भएको छ भने सांग्रिला डेभलपमेन्ट बैंकको करिब ८ करोडको शेयर कारोबार भएको छ ।

१३ उपसमूहमध्ये आज ३ वटा उपसमूहको परिसूचक बढेको छ भने १० वटा उपसमूहको परिसूचक घटेको छ । उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १.४० प्रतिशत, व्यापार उपसमूहको परिसूचक १.१६ प्रतिशत र म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.१७ प्रतिशतले वृद्धि भएको छ । विकास बैंक उपसमूहको परिसूचक भने आज सर्वाधिक ०.९६ प्रतिशतले घटेको छ ।
 

प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  १५:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update