RayNewsDaily
चीन र रुसबीच रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्धलाई गहन पार्ने संयुक्त वक्तव्यमा हस्ताक्षर

रे समाचार/काठमाडौं । चीनको राजकीय भ्रमणमा रहनु भएका रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी चिन फिङबीच भेटवार्ता भएको छ । चीनको राजधानी पैचिङस्थित जन बृहत सभा भवनमा उहाँहरुबीच छोटो र लामो गरी दुई परिधीका वार्ताहरु भएका हुन् ।

चाईना मिडिया ग्रुपका अनुसार दुई मुलुकका नेताहरुले संयुक्त रुपमा “दुई मुलुक बीचको दौत्य सम्बन्ध स्थापनाको ७५ औँ वार्षिकोत्सवका उपलक्ष्यमा जनवादी गणतन्त्र चीन संघीय गणतन्त्र रुसको नयाँ युगमा सर्वतोमुखी रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्धलाई गहन पार्ने संयुक्त वक्तव्य” मा हस्ताक्षर गर्नुभएको छ ।

Russian President Vladimir Putin and Chinese President Xi Jinping1715862154.jpg

आजै दुवै नेताहरुले जन बृहत सभा भवनमा संयुक्त रुपमा पत्रकारहरुसँग भेटघाट पनि गर्नुभएको छ । पत्रकार भेटघाटमा राष्ट्रपति सीले राष्ट्रपति पुटिनद्वारा गरिएको चीनको भ्रमणप्रति हार्दिक स्वागत व्यक्त गर्नुभएको जानकारी गराउनु भयो । राष्ट्रपति सी ले जोड दिनुभए अनुसार यस वर्ष चीन र रुसबीच दौत्य सम्बन्ध स्थापना भएको ७५औँ वार्षिकोत्सव हो भने यो चीन र रुस बीचको सम्बन्धको विकासको इतिहासमा कोषेढुङ्गाको भावार्थसहित महत्त्वपूर्ण वर्ष हो। ७५ वर्षयता चीन र रुसले हातमा हात मिलाएर ठूला मुलुक र छिमेकीबीच पारस्परिक सम्मान र सहअस्तित्वसहयोग तथा साझा फाइदा रहेको नयाँ बाटोमा हिँड्दै आएका छन्। दुई पक्षबीचको सँयुक्त प्रयासमा चीन र रुसबीचको सम्बन्ध सधै अग्रगतिमा विकसित भइरहेको छ भने आपसी चौतर्फी रणनीतिक सहयोगआर्थिक तथा व्यापारिकलगानीऊर्जास्रोतमानवीय संस्कृति आदि क्षेत्रबीचको सहयोग निरन्तर बढ्दै गएका छन्। जसले विश्वको रणनीतिक स्थिरता र अन्तर्राष्ट्रिय सम्बन्धको प्रवर्द्धनका लागि सकारात्मक योगदान सिर्जना गरेको देखिन्छ।

Russian President Vladimir Putin attends a welcome ceremony with Chinese President Xi Jinping outside the Great Hall of the People in Beijing, China1715862172.jpg

यी दुवै पक्षहरुले ७५औँ वार्षिकोत्सवलाई नयाँ सुरुवातको रुपमा लिँदै आपसी रणनीतिक सम्पर्कलाई अघि बढाउँदै दुई राष्ट्रहरु र जनतालाई अझ राम्ररी लाभ सिर्जना गर्न प्रयास गरिरहेको बताएका छन् । राष्ट्रपति पुटिनसँग मिलेर दुई मुलुकका विभिन्न क्षेत्रको सहयोगको विकासका लागि नयाँ योजना सिर्जना गर्ने आशा राष्ट्रपति सीको रहेको समाचारमा उल्लेख गरिएको छ ।

 

 

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  १७:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update