RayNewsDaily
प्रमुख विपक्षीदलको वेल घेराउबीच प्रधानमन्त्रीलाई विश्वासको मत प्राप्त      
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार बसेको प्रतिनिधिसभा बैठकबाट विश्वासको मत प्राप्त गर्नुभएको छ। बैठकमा प्रम दाहालले राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा एक सय ५७ मत परेको हो। तस्बिर : प्रदीपराज वन्त/रासस

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिनिधिसभाको बैठकबाट विश्वासको मत प्राप्त भएको छ । प्रतिनिधिसभाको यो कार्यकालमा उहाँले चौथौपटक विश्वासको मत प्राप्त गर्नुभएको हो ।    
    
प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदको विरोध र नाराबाजीबीच प्रधानमन्त्री दाहालले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नुभएको थियो । बैठकमा अन्य विपक्षी दलहरुलेसमेत आशनबाट उभिएर विरोध जनाएका थिए ।  

Prachanda Oli biswasko mat badhai1716195594.jpgधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सोमबार बसेको प्रतिनिधिसभा बैठकबाट विश्वासको मत प्राप्त भएपछि नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बधाई तथा शुभकामना दिँदै । तस्बिर : प्रदीपराज वन्त/रासस  
    
सभामुख देवराज घिमिरेले उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा प्रधानमन्त्री दाहालका पक्षमा एक सय ५७ मत, विपक्षमा शून्य र मत दिन्न भन्ने प्रस्तावमा एक मत खसेको थियो । विश्वासको मत प्रक्रियामा एक सय ५८ सांसद सहभागी हुनुभएको सभामुख घिमिरेले जानकारी गराउनुभयो ।    
कांग्रेसका सांसदको वेल घेराउ र नाराबाजीबीच सभामुख घिमिरेले प्रधानमन्त्री दाहाललाई विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्न अनुमति दिनुभएको थियो । कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको आरोप लगाउँदै निष्पक्ष र स्वतन्त्र छानबिनका लागि संसदीय समिति गठनको माग गरेर संसद् बैठक अवरुद्ध गर्दै आएको छ । रासस

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  १४:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update