RayNewsDaily
शेयर बजारमा वृद्धि जारी

रे समाचार/काठमाडौं । साताको दोस्रो कारोबार दिन आज पनि शेयर बजार बढेर बन्द भएको छ । गत साताको अन्तिम कारोबार दिनदेखि बढ्न थालेको शेयर बजार मापक नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।

आज नेप्से परिसूचक २७.५४ अंकले वृद्धि भएर २०९२ विन्दुमा पुगेको छ । नेप्सेको वृद्धिलाई आज कारोबार रकमले पनि साथ दिएको छ । हिजो ५ अर्ब २५ करोडको शेयर खरिदबिक्री भएकोमा आज ५ अर्ब ८५ करोड ४३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । आज ४ वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सामुदायिक लघुवित्त वित्तीय संस्था, बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी, भगवती हाइड्रोपावर र नेरुडे मिर्मिरे लघुवित्तको शेर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यसैगरी, बाराही हाइड्रोपावर र एनआईसी एशिया बैंकको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । उपकार लघुवित्तको शेयरमूल्य भने सर्वाधिक ७.४० प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज पोखरा फाइनान्स शीर्ष स्थानमा रहेको छ । सो फाइनान्सको आज १९ करोड ९२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । यसैगरी, सिईडिबी हाइड्रोपावरको करिब १९ करोडको शेयर कारोबार भएको छ भने फस्ट माइक्रोफाइनान्स र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको करिब साढे १३ करोडको शेयर किनबेच भएको छ ।

१३ उपसमूहमध्ये आज ८ वटा उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ । बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक ४.१८ प्रतिशतले वृद्धि भएको छ । यसैगरी, व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ भने जलविद्युत्, लगानी र म्युचुअल फण्ड उपसमूहको परसूचक १ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । वित्त, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचकमा भने गिरावट आएको छ ।
 

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  १५:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update