रे समाचार/काठमाडौं । पछिल्ला तीन कारोबार दिनदेखि बढिरहेको शेयर बजारले आज पनि सोही क्रमलाई निरन्तरता दिएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज २३.९४ अंक बढेर २११५.९४ विन्दुमा पुगेको छ ।
नेप्से बढे पनि आज कारोबार रकम भने घटेको छ । हिजो ५ अर्ब ८५ करोडको शेयर खरिदबिक्री भएकोमा आज ५ अर्ब २० करोड ६२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । आज ५ वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जानकी फाइनान्स, नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था, सामुदायिक लघुवित्त, बुद्धभूमि नेपाल हाइड्रोपावर र मध्य भोटेकोशी जलविद्युत् कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यसैगरी इष्टर्न हाइड्रोपावर, कुथेली बुखरी स्मल हाइड्रोपावर र महुली लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको शेयरमूल्यमा भने आज सर्वाधिक ४.२८ प्रतिशतको गिरावट आएको छ ।
कारोबार रकमका आधारमा आज पोखरा फाइनान्स शीर्ष स्थानमा रहेको छ । सो फाइनान्सको २४ करोड ६४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । यसैगरी, सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको करिब १३ करोडको शेयर कारोबार भएको छ भने कालिका पावरको १२ करोडभन्दा बढीको शेयर किनबेच भएको छ । माउन्टेन इनर्जी र सिंगटी हाइड्रो इनर्जीको कारोबार रकम १० करोड नाघेको छ ।
१३ उपसमूहमध्ये आज ११ वटा उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ । वित्त उपसमूहको परिसूचक सर्वाधिक ३.५५ प्रतिशत बढेको छ । यसैगरी, जलविद्युत् उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ भने बैंकिङ्ग र लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । विकास बैंक र व्यापार उपसमूहको परिसूचक भने घटेको छ ।