RayNewsDaily
शेयर बजार लगातार चौथो दिन पनि वृद्धि

रे समाचार/काठमाडौं । शेयर बजार आज चौथो दिन पनि वृद्धि भएको छ । शेयर बजार मापक नेप्से सूचक आज १५.५४ अंकले बढेर २१३१.४९ विन्दुमा पुगेको छ । आज कारोबार रकम पनि वृद्बि भएको छ । आज ५ अर्ब ६८ करोड ७६ लाख ८० हजार ९१२ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

१३ उपसमूहमध्ये आज ४ वटा उपसमूहको सूचक सकारात्मक देखिएको छ भने बाँकी ९ उपसमूहको सूचक नकारात्मक देखिएको छ । आज बैंकिङ्ग समूहको सूचक सबैभन्दा धेरै ४.२३ प्रतिशतले बढेको छ भने होटल तथा टुरिजम उपसमूहको सूचक १.९० प्रतिशतले बढेको छ । यता फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै १.३४ प्रतिशतले घटेको छ ।

आज सामुदायिक लघुवित्त र बुद्धभूमि हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने एनएमबि बैंकको ८.४७ प्रतिशत र कृषि विकास बैंकको ७.०७ प्रतिशतले बढेको छ । यता मानुषि लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ८.०५ प्रतिशतले घटेको छ भने मध्य भोटेकोसी हाइड्रोपावरको ६.६४ प्रतिशत र समाज लघुवित्तको ५.३२ प्रतिशतले घटेको छ ।

आज नेरुडे मिर्मिरे लघुवित्तको सबैभन्दा धेरै २४ करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने पोखरा फाइनान्सको २१ करोड १२ लाख, सिइडिबि हाइड्रोपावरको १७ करोड ५३ लाख र फस्ट माइक्रोफाइनान्सको १७ करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१  १६:००
प्रतिक्रिया दिनुहोस्
Weather Update