RayNewsDaily
रफाह क्रसिङ पुनः खोल्न प्यालेस्टिनी राष्ट्रपति तयार

रामल्लाह (प्यालेस्टिन) । प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले गाजापट्टी र इजिप्टबीचको रफाह सीमा क्रसिङ पुनःखोल्ने काम तयारी अवस्थामा रहेको बताउनुभएको छ ।    
    
राष्ट्रपतिले प्यालेस्टिनी पक्ष सन् २००५ मा क्रसिङ्गको व्यवस्थापनका लागि हस्ताक्षर गरिएको सम्झौता अन्तर्गत रफाह क्रसिङ्ग पुनःखोल्न तयार रहेको प्यालेस्टिनी समाचार एजेन्सी डब्लुएएफएले जनाएको छ ।    
    
युरोपियन युनियन (ईयू)को विदेश नीति प्रमुख, जोसेप बोरेलको बयानको प्रतिक्रियामा ईयूले रफाहमा आफ्नो सीमा सहायता मिसन पुनःसक्रिय गर्न सहमत भएको घोषणा गरेको थियो ।    
    
बोरेलले ब्रसेल्समा आयोजित पत्रकार सम्मेलनमा सीमा मिसनको पुनःउत्थानका लागि इजिप्ट, प्यालेस्टाइन र इजरायलको समर्थन आवश्यक पर्ने बताउनुभएको छ ।    
    
इजरायली सेनाले गाजा नियन्त्रणमा लिएदेखि गाजामा सहायताका लागि मुख्य प्रवेश बिन्दु रफाह क्रसिङ्ग लगभग तीन हप्तादेखि बन्द भएको समयमा बोरेलको यस्तो बयान आएको हो ।    
    
युरोपेली सङ्घद्वारा सन् २००५ मा रफाहमा तैनाथ गरिएको सीमा सहायता मिसनले प्यालेस्टिनी इस्लामिक प्रतिरोध आन्दोलनद्वारा गाजा नियन्त्रण गरेपछि सन् २००७ देखि स्थगित गरेको थियो । सिन्ह्वा

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  १३:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update