अर्थमन्त्री पुनद्वारा बजेट प्रस्तुत (LIVE)
रे समाचार/काठमाडौं । संघीय संसदको संयुक्त बैठक (प्रतिनिधि सभा र राष्ट्रिय सभा) मा अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट प्रस्तुत गर्नुभएको छ ।
सदनमा बजेट प्रस्तुत गर्नुअघि सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले पारित गरेको थियो । सरकारले आगामी आर्थिक वर्षको लागि वितरणमुखी कार्यक्रमसहित १९ खर्बभन्दा बढीको बजेट प्रस्तुत गरेको छ । सहकारी प्रकरणमा संसदीय छानबिन बनाउनेबारे सत्ता र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबीच सहमति भएसँगै कांग्रेसले सदन अवरोध नगर्ने भएपछि अर्थमन्त्रीलाई बजेट पेस गर्न सहज बनेकाे थियो ।
प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१ १५:१६
प्रतिक्रिया दिनुहोस्