RayNewsDaily
बस दुर्घटनामा २५ जना घाइते

रे समाचार/काठमाडौं । दाङमा आज भएको बस दुर्घटना हुँदा २५ जना यात्रु घाइते भएका छन् । दाङको गढवा-कोइलाबास सडक खण्डको चिसापानीमामा भारतीय सीमावर्ती गाउँ कोइलाबासबाट लमही आउँदै गरेको रा १ ख ८३३ नम्बरको बस आज गढवा गाउँपालिका- ५ चिसापानीमा दुर्घटना भएको हो ।

इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक कालिका कार्कीले बस दुर्घटनामा २५ जना घाइते भएका र घाइतेहरुलाई उपचारका लागि लमही अस्पताल पठाइएको जानकारी दिनुभयो । घाइते सबै यात्रुहरूको अवस्था सामान्य रहेको जानकारी उहाँले दिनुभयो ।

बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चालकले ओरालोमा ब्रेक फेल भई बस अनियन्त्रित भएर दुर्घटना भएको जानकारी प्रहररीलाई दिएका छन् । बस सडक किनारको नालीमा पल्टिएको छ ।

प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१  १३:११
प्रतिक्रिया दिनुहोस्
Weather Update