RayNewsDaily
सुर्खेतको रातानाङ्लामा जीप दुर्घटना, चार जनाको मृत्यु       

सुर्खेत । सुर्खेतबाट कालीकोटतर्फ गइरहेको जीप सुर्खेत-दैलेख सडकखण्डअन्तर्गत वीरेन्द्रनगरको रातानाङ्ला नजिक दुर्घटन हुँदा ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ । आज बिहान भे १ च २५६० नम्बरको जीप दुर्घटना भएको हो ।    
    
जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार दुर्घटनाग्रस्त जीपमा छ जना सवार थिए । दुर्घटनामा दुईजना घाइते भएका छन् । उनीहरूको प्रदेश अस्पतालमा उपचार भइरहेको छ । रासस

प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१  १२:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update