RayNewsDaily
शेयर बजार बढ्यो

रे समाचार/काठमाडौं । साताको पहिलो कारोबार दिन आज शेयर बजार सकारात्मक भएर बन्द भएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेपछिका दुई कारोबार दिन बजार नकारात्मक भएर बन्द भएको थियो ।

आज नेप्से परिसूचक १३.५१ अंकले बढेर २०८३.०४ विन्दुमा पुगेर बन्द भएको छ । आज बजारमा दुईवटा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । मल्टिपर्पस फाइनान्स र मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै, कालिन्चोक दर्शन कम्पनीको शेयर मूल्य ८.८५ प्रतिशतले, अपर सोलु हाइड्रो कम्पनीकमे शेयर ८.४८ प्रतिशतले बढेको छ । त्यसैगरी नारायणी डेभलपमेन्ट बैंकको शेयर मूल्य सर्वाधिक घटेको छ । सो कम्पनीको शेयर मूल्य ९.१३ प्रतिशतले घटेको हो । युनिलिभर नेपालको शेयरमूल्य भने ७.८८ प्रतिशतले घटेर बन्द भएको छ ।

कारोबार रकमका आधारमा आज नेपाल फाइनान्सको शेयर सबैभन्दा धेरै भएको छ । सो फाइनान्सको २२ करोड ६४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको हो । पोखरा फाइनान्स कम्पनीको शेयर १८ करोड ८७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । आज कारोबारमा आएका १३ उपसमूहमध्ये १० वटा उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ । व्यापावर उपसमूहको परिसूचक सर्वाधिक बढेको छ । सो उपसमूहको परिसूचक ६.५६ प्रतिशतले बढेको हो । फाइनान्स २.१७ प्रतिशतल, बैंकिङ र हाइड्रोपार उपसमूहको परिसूचक एक प्रतिशत भन्दा धेरैले बढेको हो । 
 

प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  १५:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update