RayNewsDaily
 भाजपा एक्लैको बहुमत नपुग्ने सम्भावना 

रे समाचार/काठमाण्डू । भारतमा जारी लोकसभाको मतगणनाले भारतीय जनता पार्टी (भाजपा) एक्लैले बहुमत नल्याउने सम्भावना बढेको छ । यो चुनावमा भाजपाले चार सय सिटभन्दा धेरै ल्याएर संविधान संशोधनको समेत एजेन्डा अघि सारेको थियो । तर आज भइरहेको मतगणनाअनुसार भाजपा एक्लैले  २ सय ३३ सिटमा अग्रता लिएको छ । भाजपा नेतृत्वको ’नेशनल डेम्रोक्र्याटिक अलाइन्स’ (एनडीए) ले भने २ सय ९१ सिटमा अग्रता लिइरहेको छ ।

लोकसभा चुनावको ताजा परिणाम अनुसार भारतीय जनता पार्टीको बहुमत पुग्ने सम्भावना कम, भाजपासँगै गठबन्धन गरेका दलले साथ छाडेमा कांग्रेस नेतृत्वको गठबन्धनको सरकार बन्ने आंकलन ।।


भारतीय कांग्रेस पार्टी ९७ सिटमा अघि रहेको छ । कांग्रेस नेतृत्वको इन्डिया गठबन्धनले २ सय ३५ सिटमा अग्रता लिएको छ । ५ सय ४२ सिटका लागि भएको चुनावमा बहुमत हासिल गर्न २ सय ७२ सिट आवश्यकता पर्छ । भारतीय निर्वाचन आयोगका अनुसार ५ सय ४३ वटा लोकसभाका सिटमध्ये गुजरातको सूरत लोकसभा सिटबाट भाजपाका मुकेश दलाल यसअघि नै निर्वाचित भइसक्नुभएको छ । मतगणनामा देखिएको अग्रताअनुसार भाजपा एक्लैले बहुमत ल्याउन नसक्ने देखिएको छ ।

यदि भाजपासँगै गठबन्धन गरेका एनडीएका साना दलले साथ छाडेमा कांग्रेस नेतृत्वको इन्डिया गठबन्धनको सरकार बन्न सक्ने आंकलन पनि शुरु भएको छ । गएको अप्रिल १९ तारिखदेखि शुरु भएको मतदान सात वटा चरणमा गरी गएको शनिवार सकिएको थियो ।

प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  १७:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update