RayNewsDaily
चाईना कल्चरल सेन्टरमा  तीन महिने थाई ची छुवान तालिम सम्पन्न

रमेश हतुवाली/काठमाण्डू । चाइना कल्चरल सेन्टर नेपालमा तीन महिने चिनियाँ थाई ची छुवान तालिम सम्पन्न भएको छ । आज काठमाण्डूको महाराजगन्जस्थित चाइना कल्चरल सेन्टर नेपालमा एक कार्यक्रमको आयोजना गरि सो तालिम सम्पन्न गरिएको हो ।

China Cultural Centre 21717686824.jpg

चाईना कल्चरल सेन्टर नेपालका निर्देशक स्याओ च्याङले तीन महिने चिनियाँ थाई ची छुवान तालिममा सहभागी प्रशिक्षार्थीहरुको लगनशीलता देखेर निकै उत्साहित भएको बताउनुभयो । प्रशिक्षार्थीहरुले  झरी र गर्मि समेत नभनी तालिमलाई निरन्तरता दिएकोमा उहाँले खुशी व्यक्त गर्नुभयो ।

China Cultural Centre 81717686873.jpg

निर्देशक स्याओ च्याङले थाई ची छुवानले मानवीय स्वभावको परिपालन, शरीरलाई वलियो बनाउने र लडाईमा सहयोग गर्ने जस्ता विभिन्न प्रकारका कार्यहरूमा फाइदा पुर्याउने जानकारी पनि दिनुभयो । सास फेर्ने प्रविधिलाई एकीकृत गरी परम्परागत चिनियाँ थाई ची छुवान ले आन्तरिक र बाह्य शरिरलाई स्वस्थ्य बनाउन सहयोग गर्ने निर्देशक स्याओ च्याङको भनाइ छ । चिनियाँ जनताको महत्वपूर्ण चाड ड्रागन बोट फेस्टिवल नजिकै आईरहेको जानकारी दिनुहुँदै निर्देशक स्याओ च्याङले कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरुलाई शुभकामना समेत दिनुभयो । 

China Cultural Centre 11717686902.jpg

चिनियाँ समाजमा परम्परादेखि मनाईँदै आएको ड्रागन बोट फेस्टिवल चिनियाँ चन्द्र पात्रोको पाँचौं महिनाको पाँचौं दिनमा पर्दछ । यस वर्ष जुन महिनामा पर्ने सो चाड विभिन्न कार्यक्रमहरु गरी मनाईने गरिन्छ । निर्देशक स्याओ च्याङका अनुसार सो चाड पारिवारिक बन्धन, प्रकृतिसँगको मेलमिलाप र सांस्कृतिक पहिचानलाई प्रवर्द्धन गर्ने वार्षिक उत्सव हो । 

China Cultural Centre 91717686931.jpg

कार्यक्रममा नेपालस्थित विभिन्न मैत्री संस्थाका पदाधिकारीहरु, चिनियाँ थाई ची छुवान तालिमका सहभागी र प्रशिक्षकहरु, चिनियाँ भाषा शिक्षक र सञ्चारकर्मी लगायतका महानुभावहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा तालिम प्राप्त प्रशिक्षार्थीहरुले थाई ची छुवानका केहि झलकहरु समेत प्रस्तुत गरेका थिए । 

China Cultural Centre 61717686967.jpg
 

प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  २१:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update