RayNewsDaily
उपप्रधानमन्त्री श्रेष्ठ र चिनियाँ प्रतिनिधिमण्डलबीच शिष्टाचार भेट   

काठमाण्डू । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल भ्रमणमा रहनुभएका चिनियाँ जन-राजनीतिक परामर्शदात्री सम्मेलनका राष्ट्रिय समितिका उपाध्यक्ष बेटर नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डलबीच भेटवार्ता, दुई मुलुकका साझा चासो लगायतका विषयमा छलफल ।।

WeChat-Image_20240615200210-1718461171.jpg
 

उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपाल भ्रमणमा रहेको चिनियाँ जन-राजनीतिक परामर्शदात्री सम्मेलनका राष्ट्रिय कमिटीका उपाध्यक्ष बेटर नेतृत्वको  प्रतिनिधिमण्डलले शिष्टाचार भेटघाट गरेको छ । 

सिंहदरवारस्थित परराष्ट्र मन्त्रालयमा आज भएको सो भेटघाटमा नेपाल र चीनबीचका आपसी हितका विभिन्न विषयहरुमा छलफल भएको छ । पोखरास्थित अन्तर्राष्टिय विमानस्थल र भैरहवास्थित लुम्बिनी अन्तर्राष्यि विमानस्थलमा चीनका विभिन्न शहरहरुबाट विमान सञ्चालनका लागि माग बढिरहेको समयमा दुवै देशका उच्च नेताहरुबीच भएको यस भेटलाई महत्वका साथ हेरिएको छ । उपाध्यक्ष बेटरले हिजो शुक्रबार उपराष्ट्रपति राम सहाय प्रसाद यादव र आज उपसभामुख इन्दिरा रानासँँग पनि शिष्टाचार भेटवार्ता गर्नुभएको छ । 
 

प्रकाशित मिति: शनिबार, असार १, २०८१  १९:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update