RayNewsDaily
पाथीभरामा १६ लाख ५० हजारभन्दा बढी भेटी सङ्कलन   

फुङ्लिङ । ताप्लेजुङको पाथीभरा (मुकुमलुङ)मा जेठ महिनामा १६ लाख ५० हजार भेटी सङ्कलन भएको छ । पाथीभरामा पूजापाठ गर्न पुगेका भक्तजनले चढाएको भेटीका रूपमा सो बराबरको नगद सङ्कलन गरिएको हो ।    
    
पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार जेठ महिनामा रु १६ लाख ६५ हजार नौ सय ५६ सङ्कलन भएको छ । सङ्कलित भेटी बैङ्कमा जम्मा गरिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । समितिले मन्दिरको आय हरेक महिना सार्वजनिक गर्दै आएको छ । चालु आर्थिक वर्षको जेठसम्ममा दुई लाख २८ हजार आठ सय ९६ जनाले पाथीभरा मन्दिरमा पूजा गरेका समितिले जनाएको छ । रासस   

 

प्रकाशित मिति: शनिबार, असार १, २०८१  २०:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update