RayNewsDaily
शेयर बजारमा दोहोरो अंकको गिरावट

रे समाचार/काठमाडौं । साताको पहिलो कारोबार दिन आज शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार मापक नेप्से परिसूचक १७.०४ अंक घटेर २०९५.२५ विन्दुमा झरेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ ।

अघिल्लो कारोबार दिन गत बिहीबार ६ अर्ब ४४ करोडको शेयर खरिदबिक्री भएकोमा आज ५ अर्ब ४७ करोड २२ लाख रुपैयाँको शेयर खरिदबिक्री भएको छ । नेप्से घटे पनि आज नेपाल फाइनान्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यसैगरी,  मनकामना स्मार्ट लघुवित्तको शेयरमूल्य ९ प्रतिशतले वृद्धि भएको छ भने शिवश्री हाइड्रोपावरको शेयरमूल्य ८ प्रतिशतभन्दा बढीले बढेको छ । भगवती हाइड्रोपावरको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । 

सकारात्मक सर्किट लेभलमा कारोबार भएको नेपाल फाइनान्स आज कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको छ । सो फाइनान्सको यस दिन ३० करोड ४० लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । त्यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको कारोबार रकम १८ करोड नाघेको छ भने ङादी ग्रुपको १५ करोडभन्दा बढीको शेयर किनबेच भएको छ । १३ उपसमूहमध्ये आज होटल तथा पयर्टन उपसमूहको परिसूचकबाहेक सबै उपसमूहको परिसूचक घटेको छ । 
 

प्रकाशित मिति: आइतबार, असार २, २०८१  १५:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update