RayNewsDaily
काठमाण्डूमा चिनियाँ शैक्षिक प्रदर्शनी हुने

रमेश हुतुवाली/काठमाण्डू । नेपाली विद्यार्थी र तिनका अभिभावकहरुलाई लक्षित गर्दै काठमाण्डूमा चिनियाँ उच्च शिक्षा सम्बन्धी शैक्षिक प्रदर्शनीको आयोजना हुने भएको छ । 

Banner-1718547595.jpg

चीनको छात्रवृत्ति परिषद् र नेपालस्थित चिनियाँ राजदूतावासको आयोजना तथा नेपाल–चीन साँस्कृतिक तथा शैक्षिक परिषद्को समन्वयमा काठमाण्डू बौद्धस्थित होटल हायातमा यही असार ४ गते मंगलबार एक दिने उक्त शैक्षिक प्रदर्शनीको आयोजना गरिने भएको हो । 

Journalist-1-1718547654.jpg
 

चीनको छात्रवृत्ति परिषद् र नेपालस्थित चिनियाँ राजदूतावासले आज पत्रकार सम्मेलनको आयोजना गर्दै यस शैक्षिक प्रदर्शनीमा इन्जिनियरिङ, चिकित्साशास्त्र, भाषा, संस्कृति, वाणिज्य, विज्ञान तथा प्रविधि, उड्डयन, खेलकुद, कृषि, औषधिजस्ता विषय अध्यापन गराउने सामान्य तथा विश्व प्रसिद्ध ३१ वटा चिनियाँ विश्वविद्यालय तथा कलेजहरूले प्रदर्शनीमा भाग लिने जानकारी गराएका हुन् । 
यस शैक्षिक प्रदर्शनीमा चीनका विभिन्न शहरहरूमा रहेका चीन र विश्वमै अब्बल ठहरिएका ३१ वटै विश्व विद्यालयका स्टलहरू रहने छन् । ती प्रत्येक स्टलहरूमा नेपाली विद्यार्थी र तिनका अभिभावकहरूलाई विस्तृत रूपमा चीनमा अध्ययन गर्दा हुने फाइदा, विश्व विद्यालयले उपलब्ध गराउने छात्रवृत्ति लगायतका विभिन्न विषयहरूमा विज्ञहरूले जानकारी दिने बताईएको छ ।  

Dr.-Harish-Chandra-Shah-2-1718547693.jpg
पत्रकार सम्मेलनमा बोल्नुहुँदै नेपाल–चीन साँस्कृतिक तथा शैक्षिक परिषद्का अध्यक्ष डा. हरिश्चन्द्र शाहले उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत छन् सोङले संयुक्त रूपमा मंगलबार बिहान ९ः३० बजे सो प्रदर्शनीको उद्घाटन गर्नुहुने जानकारी दिनुभयो । निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको सो शैक्षिक प्रदर्शनीमा सहभागी भइ आफ्ना छोराछोरीहरूको उच्च शिक्षाका बारेमा आवश्यक परामर्श लिन अभिभावकहरुलाई पनि डा. शाहले अनुरोध गर्नुभएको छ । Wang-Xin,-DCM,-Chinese-Embassy-1-1718547723.jpg


पत्रकार सम्मेलनमा बोल्नुहुँदै नेपालस्थित चिनियाँ राजदूतावासका डेपुटी चिफ अफ मिसन वाङ सिन्ले सन् २००३ देखि नेपालमा सुरु भएको चिनियाँ शैक्षिक प्रदर्शनी ८ पटकसम्म भव्य रुपमा सफल भएको जानकारी दिनुभयो । वाङ सिन्ले प्रत्येक वर्ष एक हजारभन्दा धेरै नेपाली विद्यार्थीहरु चीनमा उच्च शिक्षा अध्ययन गर्न जाने गरेको बताउहुँदै चीनमा अध्ययन पुरागरी फर्किएका नेपालीहरुले नेपालको भौतिक पूर्वाधार विकास, चिकित्साशास्त्र र सामाजिक विकास लगायतका विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पुयाईरहेको स्मरण गर्नुभयो । 

Kishor-Shrestha-1-1718547750.jpg

पत्रकार सम्मेलनमा बोल्नुहुँदै नेपाल चाईना मिडिया फोरमका अध्यक्ष तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठले गत वर्षमात्र नेपालबाट एसईई र प्लस टु गरेका १ लाख ११ हजार ८ सय जना विद्यार्थीहरुले ने अप्जेक्सन लेटर लिएको जानकारी दिनुहुँदै नेपालबाट उच्च शिक्षाका लागि बाहिरीने विद्यार्थीहरु नेपाल नै नफर्कनु गम्भिर विषय भएको बताउनु भयो । 

शैक्षिक प्रदर्शनीमा  नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू, नेपालस्थित चिनियाँ राजदूतावासका उच्च अधिकारीहरू, शिक्षाविद्, विभिन्न विश्व विद्यालयका उच्च अधिकारीहरू लगायतको उपस्थिति रहने बताईएको छ । 


 

प्रकाशित मिति: आइतबार, असार २, २०८१  २०:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update