RayNewsDaily
शान्ति समाजको ध्यानाकर्षण       

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजको प्रतिनिधिमण्डलले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटी नक्कली भुटानी शरणार्थी प्रकरणका मूल दोषीमाथि कारबाही सुनिश्चित गर्न आग्रह गरेको छ ।    
    
भुटानी शरणार्थी प्रकरण सन्दर्भमा सरकारी कार्यदल गठनको नियतदेखि चलखेलसम्मका सम्पूर्ण फेहरिस्तको सूक्ष्म अध्ययन/अनुसन्धान गरी दोषीलाई कानुनसम्मत कारबाही सुनिश्चित हुनुपर्ने शान्ति समाजले ध्यानाकर्षण गराएको हो ।    
    
यसैगरी सुशासनको प्रत्याभूति, आर्थिक पारदर्शीता र जवाफदेहिता सुनिश्चित हुनुपर्ने र मानव अधिकारमैत्री ऐन बनाई सङ्क्रमणकालीन न्याय प्रक्रियालाई टुङ्गोमा पु¥याउन पनि शान्ति समाजले आग्रह गरेको अध्यक्ष रामकृष्ण बरालले राससलाई जानकारी दिनुभयो । सो अवसरमा उपप्रधान एवं गृहमन्त्री श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानबिन गरी दोषीलाई कानूनबमोजिम कारबाही गरिने प्रतिबद्धता जनाउनुभयो ।    
    
प्रतिनिधिमण्डलमा सभापति बराल, सल्लाहकार उत्तम पुडासैनी, पूर्व सभापति होमकान्त चौँलागाई, कोषाध्यक्ष किरण ढकाल, केन्द्रीय सदस्य नम्रता खरेल र दिवाकर पुडासैनी, काठमाडौँ शाखा सभापति भगवान पुडासैनी, काठमाडौँ शाखाका पूर्व सभापति ईश्वर पुडासैनी र शाखा कोषाध्यक्ष विकास थापा सम्मिलित हुनुभएको समाजले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, जेठ ३, २०८०  १७:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update