पैचिङ । जुन १४ र १५ तारिख विश्व मानवअधिकार सुशासन उच्चस्तरीय मञ्च पैचिङमा आयोजना हुने भएको छ। सो अवसरमा लगभग एक सय वटा मुलुक र संयुक्त राष्ट्र संघलगायत अन्तर्राष्ट्रिय संगठनका ३०० भन्दा बढी चिनियाँ तथा विदेशी अतिथिहरू उक्त मञ्चमा संलग्न हुनुहुनेछ।
बताएअनुसार, समान, सहयोग, विकास: “भियना घोषणापत्र र कार्यक्रम” पारित भएको ३०औँ वार्षिकोत्सव र विश्व मानवअधिकार सुशासन उक्त मञ्चको मुख्य विषयहरू हुन्। साथै उद्घाटन समारोह र पूर्ण बैठकबाहेक “अन्तर्राष्ट्रिय सहयोग र विश्व मानवअधिकार सुशासन”,”विश्व विकास पहल र विकास अधिकारको पालना”,”विश्व सुरक्षा पहल र मानवअधिकार संरक्षण”,”संयुक्त राष्ट्र संघको मानवअधिकार प्रणाली र विश्व मानवअधिकार सुशासन”, “डिजिटल युगमा मानवअधिकारको संरक्षण” गरी पाँच वटा शाखा मञ्च पनि आयोजना गरिने छ।
उक्त मञ्च चीनको राज्य परिषदको प्रेस कार्यालय र परराष्ट्र मन्त्रालय, र राष्ट्रिय अन्तर्राष्ट्रिय विकास सहयोग विभागबाट संयुक्त रूपमा आयोजना गरिनलागेको हो।