RayNewsDaily
राष्ट्रपति पौडेलको स्वास्थ्य परीक्षण       

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको बाँसबारीस्थित शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा सामान्य स्वास्थ्य परीक्षण गरिएको छ ।    
    
उहाँलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको राष्ट्रपतिका निजी चिकित्सक डा. निरज बमले राससलाई जानकारी दिनुभयो । “राष्ट्रपति पौडेललाई हाल सामान्य अब्जर्भेसनमा राखिएको छ” निजी चिकित्सक डा. बमले भन्नुभयो ।    
    
यसअघि राष्ट्रपति पौडेलको गत वैशाख ६ गते भारतको नयाँ दिल्लीस्थित एम्स अस्पतालमा उपचार गरिएको थियो । उहाँ उपचारपछि वैशाख १७ गते स्वदेश फर्कनुभएको थियो ।    

प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८०  १६:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update