RayNewsDaily
चिनियाँ उच्च शैक्षिक प्रदर्शनी सम्पन्न

रमेश हतुवाली/काठमाण्डू । उच्च शिक्षा अध्ययनका लागि काठमाण्डूमा आयोजना गरिएको एक दिने चिनियाँ उच्च शैक्षिक प्रदर्शनी भव्य रुपमा सम्पन्न भएको छ । 

Group-Pic-1718810031.jpg
चीनको उच्चतहको शैक्षिक अवस्थाबारे नेपाली विद्यार्थी र तिनका अभिभावकहरुलाई जानकारी गराउने उद्देश्यले चीनको छात्रवृति परिषद् र नेपालस्थित चिनियाँ राजदूतावाससँगको सहकार्यमा नेपाल–चीन सास्कृतिक तथा शैक्षिक परिषद्ले सो प्रदर्शनी आयोजना गरेको थियो । 

Front-Desk-1718810099.jpg
सो प्रदर्शनी उद्धघाटन समारोहलाई सम्बोधन गर्नुहुँदै उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल र चीनका विभिन्न विश्वविद्यालयहरुबीच लामो समयदेखि सहयोग र सहकार्य हुँदै आएको बताउनुभयो । मन्त्री श्रेष्ठले नेपाल र चीनबीचको शैक्षिक सहयोग र जनस्तरको सम्बन्धलाई अघि बढाउन शैक्षिक प्रदर्शनी कोशेढुंगा सावित हुने विश्वास व्यक्त गर्नुभयो । 

Narayankaji-Shrestha-1718810295.jpg
नेपालका लागि चिनियाँ राजदूत छन् सोङले चीनमा झण्डै २,५०० नेपाली विद्यार्थीहरु अध्ययनरत रहेको जानकारी दिनुहुँदै नेपालमा अध्ययन, अध्यापन गर्न आउने चिनियाँ विज्ञ, विश्वविद्यालयका विद्यार्थी र अन्तर्राष्ट्रिय चिनियाँ शिक्षा स्वयंसेवकको संख्या निरन्तर बढिरहेको बताउनुभयो । 

Cheng-Song-1718810366.jpg
चीनको छात्रवृति परिषद्का उपमहासचिव चाङ च्यूनले चीन र नेपालबीच परम्परागत मित्रता र मैत्रीपूर्ण सहयोगको विकास हुँदै आएको बताउनु भयो । प्रदर्शनीमा सहभागी हुन पाएकोमा खुशी व्यक्त गर्नुहुँदै उपमहासचिव चाङले शैक्षिक प्रदर्शनीमा नेपाली विद्यार्थी र उनीहरुका अभिभावकहरुले देखाएको उत्साहले आफुलाई प्रोत्साहन मिलेको जानकारी दिनुभयो । शैक्षिक प्रदर्शनी भव्य र उल्लासमय वातावरणमा सम्पन्न भएको उपमहासचिव चाङको भनाइ छ । 

Dr.-Harish-Chandra-Shah-1718810418.jpg
नेपाल–चीन सांस्कृतिक शैक्षिक परिषद्का अध्यक्ष डा. हरिश्चन्द्र साहले प्रदर्शनीको माध्यमबाट चीनका विभिन्न विश्व विद्यालयहरूका बारेमा राम्ररी बुझ्ने अवसर मिल्ने बताउनु भयो । 

Senior-Guest-1718810511.jpg
प्रदर्शनीमा सहभागी हुन देशका विभिन्न भागबाट आउनु भएका विभिन्न पेशा, व्यवसायमा सम्लग्न महानुभाव र विभिन्न विद्यालयका विद्यार्थीहरुले चिनियाँ शैक्षिक प्रदर्शनी नेपाली विद्यार्थीहरुका लागि महत्वपूर्ण रहेको रे टेलिभिजनसँग कुराकानी गर्दै बताउनु भयो । 

Dr.-Harish,-Paudel,-Hatuwali----1718810561.jpg
प्रदर्शनीमा चीनका विश्वमै नाम कहलिएका ३१ वटा विश्व विद्यालयका स्टलहरु रहेका थिए । सो प्रदर्शनीमा काठमाण्डू उपत्यकामा सञ्चालित ५० वटा विद्यालयका झण्डै ५ हजार विद्यार्थी, अभिभावक र अन्य महानुभावहरुले सहभागीता जनाएका थिए । 

Cheng-Song-and-Other-1718810623.jpg
प्रदर्शनीमा चीनका विश्व प्रसिद्ध र चीनमै नाम कमाएका विभिन्न ३१ वटा विश्व विद्यालयका स्टलहरु रहेका थिए । 

Student-and-University-Member-10-1718811036.jpg

Student-and-University-Member-9-1718811031.jpg

Student-and-University-Member-8-1718811031.jpg

Student-and-University-Member-6-1718811025.jpg

Student-and-University-Member-2-1718811012.jpg

Student-and-University-Member-5-1718811019.jpg

Student-and-University-Member-4-1718811019.jpg

Student-and-University-Member-7-1718811024.jpg

Student-and-University-Member-1-1718811011.jpg

Stall-1-1718811007.jpg

Stall-2-1718811005.jpg

 


 

प्रकाशित मिति: बुधबार, असार ५, २०८१  २१:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update