RayNewsDaily
नेपालमा बसेर अध्ययन गर्न चाहने विदेशीलाई विद्यार्थी भिसा दिनुपर्नेमा शिक्षा सचिव काफ्लेको जोड

काठमाण्डू । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा. दीपक काफ्लेले ६ महिना भन्दा बढी समय नेपालमा आइ अनुसन्धान गर्न चाहने विदेशीलाई विद्यार्थी भिसा दिनुपर्ने बताउनुभएको छ । 

आज ललितपुरमा भएको ‘अबको शैक्षिक बाटो, सुहाउँदो समाज र माटो विषयक’ कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । सचिव काफ्लेले कुनैपनि देशबाट नेपालमा आइ ६ महिना भन्दा बढी अध्ययन, अनुसन्धान गर्न चाहनेहरुका लागि विद्यार्थी भिसा उपलब्ध गराउनुपर्ने बारेमा सरकार सरकार स्तरमा छलफल चलिरहेको जानकारी दिनुभयो । उहाँले ६ महिना भन्दा बढी अध्ययन, अनुसन्धान गर्न चाहनेहरुका लागि विद्यार्थी भिसा दिनसके नेपाल अध्ययन गर्ने गन्तव्यस्थलका रुपमा विकास हुने बताउनु भयो ।

सचिव काफ्लेले सरकारले आगामी आर्थिक वर्षभित्र देशमा १५ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको उल्लेख गर्दै १५ लाखमध्ये ५ लाख विद्यार्थीहरु नेपाल भित्र्याउन सक्नुपर्ने धारणा व्यक्त गर्नुभयो । नेपाल न्यूज एजेन्सीका अनुसार उहाँले धेरै भन्दा धेरै विद्यार्थी भित्र्याउनका लागि सरकार, निजी क्षेत्र, समुदाय र विश्ववद्यालय सबै मिल्न आवश्यक रहेको बताउनु भयो । संसारमै नभएका कुराहरु नेपालमा रहेको भन्दै नेपाल अध्ययनका लागि महत्वपूर्ण गन्तव्यस्थल बन्नसक्ने सचिव काफ्लेको भनाइ छ ।

सचिव काफ्लेले विश्वविद्यालयको शिक्षलाई सक्षमताको कसी र ग्लोवल इस्युमा हेर्न आवश्यक रहेको बताउनु भयो ।

प्रकाशित मिति: शनिबार, असार ८, २०८१  १६:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update