RayNewsDaily
प्रधानमन्त्रीसँग चिनियाँ उपविदेशमन्त्रीको शिष्टाचार भेट    

काठमाण्डू । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहनुभएका जनवादी गणतन्त्र चीनका उपविदेशमन्त्री सुन वेइतोङले शिष्टाचार भेट गर्नुभएको छ । 

नेपालको तीन दिने भ्रमणमा आज बिहान काठमाण्डू आईपुग्नु भएका उपविदेशमन्त्री सुन वेइतोङले सिंहदरबारमा आजै दिउसो प्रधानमन्त्री प्रचण्डसँग भेट गर्नुभएको हो । भेटमा उहाँहरूबीच द्विपक्षीय हित, आपसी चासो र सहकार्यका विविध विषयमा छलफल भएको थियो ।     

 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग चिनियाँ उपविदेशमन्त्री सुन वेइतोङद्वारा शिष्टाचार भेट, द्विपक्षीय हित, आपसी चासो र सहकार्यका विविध विषयमा छलफल ।।
     

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले नेपालको आर्थिक तथा सामाजिक विकासमा चीनले पु-याउँदै आएको सहयोगप्रति खुशी व्यक्त गर्नुभयो । नेपालले सन् २०२६ मा अति कम विकसित मुलुकबाट स्तरोन्नति हुने उद्देश्य राखेको उल्लेख गर्दै प्रधानमन्त्रीले त्यसलाई सफल तुल्याउनका लागि चीनको सहयोग आवश्यक रहेको बताउनुभएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डाक्टर रुपक सापकोटाले जानकारी दिनुभयो ।     

PRO-KTM-066A8999-1719238100.jpg

     
उपविदेशमन्त्री सुन वेइतोङले सन् २०२५ मा नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठका अवसरमा नेपालको पर्यटन प्रवर्द्धन र चिनियाँ पर्यटकलाई नेपाल भ्रमण गर्न प्रेरित गर्ने उद्देश्यका साथ चीनले ‘भिजिट नेपाल-२०२५’ मनाउने निर्णय गरेको जानकारी गराउनुभयो । उहाँले नेपालको आर्थिक-सामाजिक विकासमा चीनले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सो भेटमा नेपालका तर्फबाट प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डाक्टर सापकोटा र परराष्ट्र मन्त्रालयका अधिकारीहरुको उपस्थिति थियो भने चीनका तर्फबाट नेपालस्थित चिनियाँ राजदूत छन् सोङलगायतका उच्च अधिकारी सहभागी हुनुहुन्थ्यो ।

उपविदेशमन्त्री सुन नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठकमा भाग लिन नेपाल आउनुभएको हो ।
 

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  १९:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update