प्रतिनिधिसभाबाट बजेट पारित
रे समाचार/काठमाण्डू । आगामी आर्थिक बर्ष २०८१/८२ को वार्षिक बजेट प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ ।
आज अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । सो प्रस्तावलाई संसदका बहुमत सांसदहरुले सहमति जनाएका हुन् । बहुमत सांसदहरुको समर्थनसँगै सभामुखले विनियोजन विधेयक, २०८१ लाई प्रतिनिधि सभाबाट बहुमतले पारित भएको घोषणा गर्नुभयो ।
आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट प्रतिनिधि सभाबाट पारित, प्रस्तावित बजेटमाथि बहुमत सांसदहरुको समर्थन ।।
प्रकाशित मिति: मंगलबार, असार ११, २०८१ १५:५९
प्रतिक्रिया दिनुहोस्