RayNewsDaily
शेयर बजार १४ अंकले घट्यो

रे समाचार/काठमाडौं । साताको पहिलो कारोबार दिन आज शेयर बजार घटेर बन्द भएको छ । गत साताको बुधबारदेखि ओरालो लाग्न थालेको शेयर बजार मापक नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।

आज नेप्से परिसूचक १४.८३ अंक घटेर २०३७.०९ विन्दुमा झरेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । गत साताको बिहीबार ३ अर्ब ७१ करोडको शेयर कारोबार भएकोमा आज ३ अर्ब ६० करोड ७१ लाख ९८ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।
आज मुक्तिनाथ कृषि कम्पनीको शेयरमूल्य सर्वाधिक ७.०६ प्रतिशतले वृद्धि भएको छ । यसैगरी, मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयरमूल्य ५.७६ प्रतिशतले बढेको छ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ९.३० प्रतिशतले घटेको छ । यसैगरी, साधना लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब ९ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज नेपाल फाइनान्स शीर्ष स्थानमा रहेको छ । सो फाइनान्सको १२ करोड ८८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । जानकी फाइनान्सको करिब १२ करोडको शेयर कारोबार भएको छ भने युनाइटेड इदी मार्दी आरबि हाइड्रोपावरको कारोबार रकम १० करोड नाघेको छ । १३ उपसमूहमध्ये आज २ वटा उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ । 
 

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  १५:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update