RayNewsDaily
     मुख्यसचिवमा डा. अर्याल नियुक्त   

काठमाडौं । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव डा. वैकुण्ठ अर्याललाई मुख्यसचिव पदमा नियुक्त गरेको छ ।    
    
सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले सचिव डा. अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको खानेपानी मन्त्री महिन्द्र राय यादवले जानकारी दिनुभयो ।    
    
डा. अर्याल यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलगायतमा सचिव हुनुहुन्थ्यो ।    
    
बैठकले मुख्यसचिव शङ्करदास वैरागीको राजीनामा स्वीकृत गरेको छ । सरकारले वैरागीलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त गर्ने निर्णयसमेत गरेको छ । 

प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  ११:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update