RayNewsDaily
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच आज पनि भेटवार्ता   
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओली । तस्वीर : प्रधानमन्त्री प्रचण्डको सचिवालय ।

रे समाचार/काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज पनि भेटवार्ता भएको छ ।

उहाँहरूबीच अझ प्रभावकारी ढङ्गले सरकार सञ्चालन गर्नेबारेमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ । छलफलमा उहाँहरुबीच सरकार सञ्चालनलाई थप प्रभावकारी बनाउने विषयका अतिरिक्त मुलुकको समसामयिक राजनीतिक अवस्थाबारे छलफल भएको प्रधानमन्त्रीका सञ्चारविज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिनुभयो ।    
        
हिजो पनि प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच छलफल भएको थियो । उक्त छलफलमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने पनि पछिल्लो चरणमा सहभागी हुनुभएको थियो । शीर्ष नेताहरूबीच दिनहुँ जसो हुन थालेको भेटवार्तालाई सत्ता परिवर्तन हुन लागेको ढंगले व्याख्या हुन थाले पनि नेताहरूले भने त्यसलाई अस्वीकार गर्नुभएको छ । उहाँहरूले औपचारिक रूपमा सरकार संचालनका नियमित प्रक्रिया अन्तर्गत भेटघाट भएको बताउँदै आउनुभएको छ ।

प्रकाशित मिति: सोमबार, असार १७, २०८१  ११:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update