RayNewsDaily
राष्ट्रिय सुरक्षा परिषद्का सल्लाहकार बैरागीद्वारा सपथ   

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्का सल्लाहकारमा नियुक्त हुनुभएका निवर्तमान मुख्यसचिव शङ्करदास बैरागीले सपथ लिनुभएको छ । प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज उहाँलाई सपथ गराउनुभएको हो ।    
    
 सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले बैरागीलाई सुरक्षा परिषद्को सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको थियो । यसअघि आजै प्रधानमन्त्री दाहालको अध्यक्षतामा सिंहदरबारमा परिषद्को बैठक बसेको थियो ।    
    
 मन्त्रिपरिषद् बैठकले बैरागीलाई सुरक्षा परिषद्को सल्लाहकार र प्रधानमन्त्री कार्यालयका सविच डा वैकुण्ठ अर्याललाई मुख्यसचिव पदमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  ११:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update