RayNewsDaily
इजरायल गाजामा हमास उन्मूलनको अन्तिम चरणमा : नेतान्याहु          

जेरुसेलम, (इजरायल) । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आफ्नो देश गाजा पट्टीमा हमासको सशस्त्र बललाई उन्मूलन गर्ने अन्तिम चरणमा रहेको बताउनु भएको छ ।    
    
हमासको उन्मूलन पूरा गर्ने दिशामा अघि बढिरहेको नेतान्याहूले इजरायलको राष्ट्रिय सुरक्षा कलेजका क्याडेटसँगको बैठकमा उजागर गर्नु भएको हो ।    
    
नेतान्याहुको कार्यालयका अनुसार उहाँले गाजा डिभिजनको भ्रमण गरी रक्षामन्त्री योव ग्यालेन्ट र सेनाका वरिष्ठ कमान्डसँग गाजामा इजरायलको नौ महिना लामो आक्रमणमाथि सुरक्षा मूल्याङ्कन बैठक गरेको एक दिनपछि नेतन्याहुको यस्तो अनुमान आएको हो । राफाह लडाइँमा जोड दिदै हमासमाथि सैन्य दबाबको निरन्तरता कायम राख्ने नेतन्याहुको कार्यालयले जनाएको छ ।    
    
सोमबार पनि इजरायली रक्षा बल (आईडीएफ) ले पूर्वी खान युनूसबाट नागरिकहरूको सामूहिक निकासीको आदेश दिए सँगै दक्षिणी गाजन सहरमा सम्भवतः यस क्षेत्रमा पुनः समूहबद्ध भएका हमास सेनाहरूसँग लड्नका लागि स्थल सेनाहरूले चाँडै आफ्नो आक्रमणहरू पुनः सुरु गर्न सक्ने सङ्केत गर्यो ।    
    
इजरायलले अप्रिलको सुरुमा खान युनूसमा ठुलो मात्रामा आक्रमण गर्यो र पछि आफ्नो अधिकांश सेना फिर्ता लियो । सिन्ह्वा

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  १३:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update