RayNewsDaily
काठमाण्डू उपत्यकासहित देशैभर निरन्तर वर्षा,  तराईमधेसमा डुबान, जनजीवन प्रभावित

 रे समाचार/काठमाण्डू । काठमाण्डू उपत्यकासहित देशैभर गएरातीदेखि निरन्तर वर्षा भैरहको छ । 

विगत १६ घण्टादेखि परेको निरन्तर वर्षाका कारण काठमाण्डू उपत्यकाका बागमती, विष्णुमती, धोवी खोला, मनहरा, हनुमन्ते लगायतका खोलाहरुमा पानीको बहाव उच्च भएको छ । अवरल वर्षाका कारण भक्तपुरको हनुमन्ते खोलामा आएको बाढी सतहभन्दा माथि पुगेर बस्तीमा पस्न थालेको छ । खोलाको तटीय क्षेत्रमा बाढी बस्तीमा पसेपछि भक्तपुरको हनुमान घाट, सूर्यविनायकको राममन्दिर, शान्ति निकेतन माध्यमिक विद्यालय, बाराहीस्थानलगायतका क्षेत्र डुबानमा परेका हुन् ।       

काठमाण्डू उपत्यकासहित देशैभर निरन्तर वर्षा, वर्षासँगै देशका विभिन्न ठाउँमा बाढी, पहिरोका कारण सडक अवरुद्ध, तराईमधेसमा डुबान, जनजीवन प्रभावित ।।


वर्षायाममा भक्तपुर नगरपालिका क्षेत्रको राम मन्दिर, बाराही क्षेत्रदेखि हनुमन्ते खोला किनारका मध्यपुरथिमि क्षेत्रको राधेराधे, सूर्यविनायकको बालकोट, चारदोबाटो, मनोहरा खोला किनारको जडीबुटीस्थित सुकुम्बासी बस्तीलगायतका क्षेत्र डुबानमा पर्दै आएका छन् । ति क्षेत्रका बासिन्दालाई सचेत र सुरक्षित रहन प्रहरीले आग्रह गरेको छ ।  

Nabin_Lamichhane_Manang_22_IMG-20240706-WA0002-1720259987.jpg
काठमाण्डू उपत्यकाका खोलाहरुमा जलसतह बढेपछि सुरक्षा निकाय सतर्क रहेका छन् ।  काठमाण्डू उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले उपत्यकाका करिडोर क्षेत्रमा सम्भावित जोखिम रोक्न प्रहरीको गस्ती थालेको जानकारी दिनुभयो ।

अर्घाखाचीमा वर्षासँगै आएको पहिराले गोरुसिङ्गे सन्धिखर्क सडकखण्ड अवरुद्ध भएको छ । सन्धिखर्क–६ दहखोला र बहोखरमा पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रतीतसिंह राठोरले जानकारी दिनुभयो । उहाँका अनुसार पहिरो पन्छाउने कार्य भइरहेको छ । अविरल वर्षाका कारण कालीगण्डकी कोरिडोर अवरुद्ध भएको छ । दुई दिनदेखिको निरन्तर वर्षाका कारण उक्त करिडोरको बागलुङ र पर्वत खण्डमा सडक अवरुद्ध भएको हो । बागलुङको जैमिनी नगरपालिका-बिनामारे क्षेत्रमा पहिरो झर्दा करिडोर अवरुद्ध भएको हो ।

GokarnaprasadBhandari_Dolkha_RSS_22_450004779_3785298435040891_6052199576728576944_n-1720260031.jpg
अविरल वर्षाले पहिरो खस्दा म्याग्दीलाई राष्ट्रिय राजमार्ग, सदरमुकाम बेनीलाई ग्रामीण क्षेत्र र मुस्ताङसँग जोड्ने सडक अवरुद्ध भएका छन् । पर्वतको कुश्मा नगरपालिका-१ मालढुङ्गामा खसेको पहिरोले म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्ग-बेनी सडक अवरुद्ध भएको । यो सडक अवरुद्ध हुँदा म्याग्दीदेखि प्रदेशको राजधानी पोखरा जाने आउने सवारीसाधनले बागलुङ-बेनी वैकल्पिक सडक प्रयोग गरेका छन् ।

बाढीका कारण अवरुद्ध भएको बिपी र अरनिको राजमार्ग अहिले एकतर्फी सञ्चालनमा आएका छन् । निरन्तर वर्षाका कारण सडक माथिबाट लेदोसहित आएको बाढीका कारण आज बिहानदेखि दुवै राजमार्ग अवरुद्ध भएकोमा प्रहरी र स्थानीय जनप्रतिनिधिको पहलमा एकतर्फी रुपमा सञ्चालनमा आएका हुन् ।     

KN_DANG_2024-07-06at07.24.16-1720260070.jpg
   
अविरल वर्षासँगै आएको पहिरोले सिद्धार्थ राजमार्ग विभिन्न ठाउँमा अवरुद्ध भएको छ । बिहीबार रातिदेखि निरन्तर आइरहेको पानीले सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्गको ठाउँ ठाउँमा पहिरो गएको छ । स्याङ्जा–वालिङ सडकको भीरकोट–४ छाङ्छाङ्दी नजिक आज बिहान पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तथा प्रहरी प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।  

KN_DAMULI-1720260105.jpg
   
अविरल बर्षाकै कारण तराई मधेसका विभिन्न क्षेत्रहरु डुबानमा परेका छन् । दाङको घोराही–तुलसीपुर सडकखण्ड अन्तर्गत सेवारखोलामा बनाएको डाइभर्सन बगेको छ । बाढीले आज बिहान उक्त डाइभर्सन बगाएको हो । सो ठाउँमा आवतजावत ठप्प छ । जिल्ला प्रशासन कार्यालय दाङले वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेको छ 
     
गए रातिदेखि लगातार परेको वर्षाले पर्साको वीरगन्ज महानगरपालिकाका विभिन्न वडा डुबानमा परेका छन् । महानगरपालिकाको छपकैया बजार, घडिअर्वा, रानीघाट, श्रीपुर, नगवा, राधेमाईलगायतका ठाउँ डुबानमा परेका छन् । अविरल वर्षाका कारण मोरङको बेलबारी, विराटनगर, झोराहाट, सुनसरीको इनरुवा, इटहरी लगायतका बजारहरु पनि जलमग्न भएका छन् ।    

BiratNeupane_Sundarbazar-Lamjung_22_gyagdi-1720260145.JPG
यस वर्ष गत वर्षको तुलनामा बढी वर्षा हुने भएकाले नदी र खोला छेउछाउका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ । जल तथा मौसम विज्ञान कार्यालय धरानका प्रमुख रुद्रबहादुर परियारले यस वर्ष औसतभन्दा बढी पानी पर्ने भएकाले कोशी प्रदेश र मधेश प्रदेशका नदी र खोलानाला छेउछाउका बासिन्दालाई सतर्क रहन आग्रह गर्नुभएको छ । अविरल बर्षाका कारण कोशी नदीको जलसतह उच्च भएको छ । सप्तकोशी नदीका सहायक नदीहरुमा पानीको बहाल बढेसँगै सप्तकोशी नदीको बराहक्षेत्र, चतहरा, चक्रघट्टी, कोशी ब्यारेज लगायतका क्षेत्रमा उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ । 

RG_BHAKTAPUR_IMG_2127-1720260183.jpg

मनसुनी वायुको प्रभावले देशभर पूर्णतया बदली रही वर्षा भइरहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ । बाँकी प्रदेशका केही स्थानामा समेत वर्षा भइरहेको छ । आज दिउँसो पनि पूर्ण बदली रही सबै प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ । 

BKM_PARSA_-1720260223.jpg
आज राति पनि देशभर साधारणतयादेखि पूर्णतया बदली रही कोशी र मधेश प्रदेशका केही र बाँकी प्रदेशका धेरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा तथा मधेश प्रदेशका एक-दुई स्थानमा आज राति भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । विरल वर्षाका कारण देशका विभिन्न भागमा सञ्चालन हुने हवाई उडान मध्ये केही उडान समेत प्रभावित भएका छन् ।  

प्रकाशित मिति: शनिबार, असार २२, २०८१  १५:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update