RayNewsDaily
भारतीय प्रधानमन्त्री मोदी र रुसी राष्ट्रपति पुटिन गल्फ कार्टमा घुमफिर 

रे समाचार/काठमाण्डू । रुसको औपचारिक भ्रमणमा रहनु भएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफैँले गल्फ कार्ट चलाएर घुमाउनु भएको छ । राष्ट्रपति पुटिनले प्रधानमन्त्री मोदीलाई गल्फ कार्टमा चढाएर आफ्नो निवास अस्तबलको पनि भ्रमण गराउनु भएको छ ।  

राष्ट्रपति पुटिनले चलाएको गल्फ कार्टमा सवार प्रधानमन्त्री नरेन्द्र मोदीको भिडियोले सामाजिक सञ्जालमा पनि ध्यानाकर्षण गराउन सफल भएको छ । 

Putin_Modi_-1720515386.jpgसो भिडियोमा सोमबार मस्को नजिकैको नोवो-ओगार्योभोमा रहेको पुटिनको निवासमा अनौपचारिक बैठकका लागि जाँदै गर्दा पुटिनसँगै बस्नु भएका प्रधानमन्त्री मोदी र दुईजना प्रतिनिधिहरू गल्फ कार्टमा पछाडि बसेको देखाइएको छ । मस्कोमा भारतीय समुदायसँगको भेटपछि प्रधानमन्त्री मोदीले पुटिनसँग उहाँको निवासमा अनौपचारिक भेट गर्नुभएको थियो । सो भेटसँगै उहाँहरुले टेरेसमा चियाको आनन्द लिनुभयो, गल्फ कार्टमा सँगै सवारी गर्नुभयो र अस्तबलहरूको भ्रमण गर्नुभयो ।

युक्रेनमाथि रुसले लगातार आक्रमण गरिरहको समयमा भारतीय प्रधानमन्त्री मोदीको रुस भ्रमणलाई महत्वका साथ हेरिएको छ । रुससँग समय समयमा भारतले अत्याधुनिक सैन्य उपकरण र विमानहरु पनि किन्ने गरेको छ । रुसको एक वलियो व्यापार साझेदार भारत रहेको हुनाले पनि युक्रेन मामिलामा भारतको पूर्ण समर्थन आफुलाई रहनेमा पुटिन विश्वस्त रहेको हुनसक्ने विज्ञहरुको ठम्याई छ । 

मस्कोसँग दीर्घकालीन सम्बन्ध बनाउने र पश्चिमी सुरक्षा सम्बन्धहरूलाई घनिष्ठ बनाउने बीचको राम्रो रेखामा कदम चाल्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार रुस पुग्नुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

रुसले युक्रेनमा आक्रमण सुरु गरेपछि र गत महिना विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएको मुलुकको नेताका रूपमा सत्तामा फर्किएपछि मोदीको यो पहिलो रुस भ्रमण हो ।     

 

युक्रेनमाथि रुसले लगातार आक्रमण गरिरहको समयमा भारतीय प्रधानमन्त्री मोदीको रुस भ्रमणलाई महत्वका साथ हेरिएको छ । रुससँग समय समयमा भारतले अत्याधुनिक सैन्य उपकरण र विमानहरु पनि किन्ने गरेको छ । रुसको एक वलियो व्यापार साझेदार भारत रहेको हुनाले पनि युक्रेन मामिलामा भारतको पूर्ण समर्थन आफुलाई रहनेमा पुटिन विश्वस्त रहेको हुनसक्ने विज्ञहरुको ठम्याई छ । 

 

“म मेरा मित्र भ्लादिमिर पुटिनसँग द्विपक्षीय सहयोगका सबै पक्षहरूको समीक्षा गर्न र विभिन्न क्षेत्रीय तथा विश्वव्यापी मुद्दाहरूमा दृष्टिकोण साझा गर्न उत्सुक छु”, मोदीले विज्ञप्तिमा भन्नुभएको छ, “हामी शान्तिपूर्ण र स्थिर क्षेत्रका लागि सहयोगी भूमिका निर्वाह गर्न चाहन्छौँ ।”     
     
 मस्को भारतका लागि कम मूल्यमा तेल र हतियारहरूको प्रमुख आपूर्तिकर्ता बनेको छ तर पश्चिमबाट एक्लोकपन र पैचिङसँगको बढ्दो मित्रताले नयाँदिल्लीसँगको उसको समय–सम्मानित साझेदारीलाई असर गरेको छ ।     
     
 हालैका वर्षहरूमा पश्चिमी शक्तिहरूले पनि चीन र एसिया–प्रशान्तमा उनीहरूको बढ्दो प्रभावका रूपमा भारतलाई रुसबाट टाढा रहन दबाब दिँदै भारतसँग सम्बन्ध विकास गरेका छन् ।     
     
मोदीले पछिल्लो पटक सन् २०१९ मा रुसको भ्रमण गर्नुभएको थियो र दुई वर्षपछि रुसले युक्रेनविरुद्ध आक्रमण सुरु गर्नुभन्दा केही साताअघि नयाँदिल्लीमा पुटिनलाई स्वागत गर्नुभएको थियो ।     
     
भारत त्यसबेलादेखि रुसको स्पष्ट निन्दा गर्नबाट पछि हटेको छ र संयुक्त राष्ट्रसङ्घका प्रस्तावहरूबाट टाढा बसेको छ । तर युक्रेनसँगको रुसको लडाइँबाट भारतले पनि मानवीय मूल्य चुकाउनुपरेको छ ।     
     
 भारतीय नागरिकहरू रुसी सेनासँग ‘सहायक नोकरी’ का लागि भर्ती भएको, केही रुसी सीमावर्ती गाउँमा फँसेको र उनीहरूलाई युक्रेनमा लड्नका लागि बाध्य बनाइएपछि केही नागरिक मारिएको जस्ता समाचार आएपछि यसै वर्षको फेब्रुअरीमा भारतले रुसमा आफ्ना केही नागरिकहरूलाई रिहा गर्न दबाब दिइरहेको बताएको थियो ।     
     
चीनसँगको मस्कोको गहिरो सम्बन्ध भारतका लागि पनि चिन्ताको विषय बनेको छ । वासिङ्टन र युरोपेली सङ्घ (इयु) ले चीनमाथि रुसको सैन्य उद्योगलाई बलियो बनाउने कम्पोनेन्ट र उपकरण बिक्री गरेको आरोप लगाएका छन् । ती आरोपलाई पैचिङले दृढतापूर्वक खण्डन गरेको छ ।    

 

चीनसँगको मस्कोको गहिरो सम्बन्ध भारतका लागि पनि चिन्ताको विषय बनेको छ । वासिङ्टन र युरोपेली सङ्घ (इयु) ले चीनमाथि रुसको सैन्य उद्योगलाई बलियो बनाउने कम्पोनेन्ट र उपकरण बिक्री गरेको आरोप लगाएका छन् । ती आरोपलाई पैचिङले दृढतापूर्वक खण्डन गरेको छ ।     


     
 चीन र भारतले दक्षिण एसियामा रणनीतिक प्रभावका लागि कडा प्रतिस्पर्धा गरिरहेका छन् । भारत अमेरिका, जापान र अस्ट्रलियासँग क्वाड समूहको हिस्सा हो । उक्त समूहले एसिया-प्रशान्त क्षेत्रमा चीनको बढ्दो आक्रामकताविरुद्ध आफैँलाई उभ्याएको छ ।     
     
तेल र हतियार     
     
 नयाँदिल्ली र क्रेमलिनले शीतयुद्धपछि घनिष्ठ सम्बन्ध कायम गरेका छन् । रुस लामो समयसम्म भारतको सबैभन्दा ठूलो हतियार आपूर्तिकर्ता थियो । तर युक्रेनले रुसको हतियार आपूर्तिलाई पातलो बनाएको छ । यसबाट भारत हतियारका लागि अन्य स्रोतहरूमा ध्यान केन्द्रीत गर्न बाध्य हुनुपरेको छ । यसमा आफ्नै रक्षा उद्योग बढाउने पनि रहेको छ ।     
     
 स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युटका अनुसार हालका वर्षहरूमा भारतीय हतियारहरूको आयातमा रुसको हिस्सा अत्यन्त कम भएको छ ।     
     
 यही समयमा भारत रुसी तेलको प्रमुख खरिदकर्ता बनेको छ । युरोपमा मस्कोलाई परम्परागत खरिदकर्ताहरूबाट अलग गरेपछि भारतले अत्यावश्यक निर्यात बजार उपलब्ध गराएको छ । यसले नाटकीय रूपमा ऊर्जा सम्बन्धलाई नयाँ आकार दिएको छ । भारतले मस्कोको युद्ध कोषलाई बलियो बनाउँदै अर्बौं डलर बचत गरेको छ ।     
     
 सेन्टर फर रिसर्च अन इनर्जी एन्ड क्लिन एयरद्वारा सङ्कलित कमोडिटी ट्र्याकिङ डाटाअनुसार भारतको रुसी कच्चा तेलको मासिक आयात मेमा आठ प्रतिशतले बढेर सन् २०२३ जुलाई यताकै उच्चस्तरमा पुगेको छ । तर यसको परिणामले गत आर्थिक वर्षमा रुससँग भारतको व्यापार घााटा बढेर ५७ अर्ब डलरभन्दा केही बढी भएको छ ।     
     
 सन् १९८३ मा इन्दिरा गान्धीपछि कुनै पनि भारतीय नेताका रूपमा मोदी रुसको भ्रमणपछि अस्ट्रियाको राजधानी भियना जानुहुनेछ । एजेन्सीहरुको सहयोगमा

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  १४:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update