RayNewsDaily
शेयर बजार १५ अंकले बढ्यो

रे समाचार/काठमाडौं । हिजो सामान्य अंक घटेर बन्द भएको शेयर बजार आज पुनः दोहोरो अंकले वृद्धि भएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज १५.७९ अंकले वृद्धि भई २१५२.१४ विन्दुमा पुगेको छ ।

नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ । हिजो साढे ४ अर्बको शेयर खरिदबिक्री भएकोमा आज ५ अर्ब ५३ करोड ५९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । आज दुई वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । गणपति लघुवित्त वित्तीय संस्था र आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यसैगरी, बुद्धभूमि नेपाल हाइड्रोपावरको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने युनिक नेपाल लघुवित्तको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । नेपाल फाइनान्सको शेयरमूल्य भने सर्वाधिक ४ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको  १९ करोड ७७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । यसैगरी, नेपाल फाइनान्सको १६ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने जानकी फाइनान्सको कारोबार रकम साढे १३ करोड नाघेको छ । १३ उपसमूहमध्ये आज ८ वटा उपसमूहको परिसूचक बढेको छ भने ४ वटा उपसमूहको परिसूचक घटेको छ । 
 

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  १५:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update