RayNewsDaily
प्रधानमन्त्री प्रचण्डले संसदमा विश्वासको मत लिनुहुँदै

रे समाचार/काठमाडौं । काठमाडौँ । प्रतिनिधिसभाको आजको बिशेष बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने कार्यक्रम रहेको छ।
नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि वहाँले नेपालको संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिन लाग्नु  भएको हो ।  
संसद्को सबैभन्दा ठुलो दल नेपाली कांग्रेस र एमालेले यही असार १७ गते राति नयाँ सत्ता समीकरणका लागि सहमति गरेका थिए ।  दुवै ठुला दलले आलोपालो सरकारको नेतृत्व लिने गरी सरकार गठनको सहमति र निर्णय गरेका छन् । 

प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  १५:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update