RayNewsDaily
ट्रम्प अस्पतालबाट डिस्चार्ज,  चुनावी अभियानमा पुन: सक्रिय

काठमाडौं । चुनावी र्‍यालीका क्रममा गोली लागी घाइते हुनुभएका अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । डिस्चार्ज हुनासाथ उहाँले चुनावी अभियानलाई पुन: जारी राख्खुभएको छ । 

आगामी नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनका लागि रिपब्लिकन उम्मेदवार ट्रम्प र डेमोक्रेट उम्मेदवार जो बाइडन प्रतिस्पर्धामा उत्रिएका छन् । पेन्सिलभेनियाको ग्रेटर पिट्सबर्ग क्षेत्रको बटलर काउन्टीमा चुनावी र्‍यालीलाई सम्बोधन गरिरहेका बेला ट्रम्पमाथि गोली प्रहार भएको थियो । उहाँको कानमा गोली लागेको थियो । उहाँको हत्या गर्ने उद्देश्यले गोली प्रहार भएको र कानमा मात्र गोली लागेर जोगिएको अमेरिकी अधिकारीहरुले बताएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार ट्रम्पमाथि गोली चलाउने व्यक्ति पनि सुरक्षा कारबाहीमा मारिएका छन् । अमेरिकी संघीय जाँच व्यूरो एफबीआईका अनुसार उनी २० वर्षका थोमस मथ्यु क्रुक्सको रुपमा पहिचान भएको छ । उनको बारेमा थप विवरण खुलिसकेको छैन । अधिकारीहरुले घटनाको अनुसन्धान गरिरहेको जनाएका छन् ।

गोली प्रहारको घटनापछि अस्पतालमा सामान्य उपचार गरी ट्रम्प न्यूजर्सीस्थित घर जानुभएको छ । त्यहाँबाट उहाँ विस्कोन्सिनको मिलवोकीमा हुने रिपब्लिकनको नेश्नल कन्भेन्समा सहभागी हुनुहुने छ । यो कन्भेन्सनले आधिकारिक रुपमा ट्रम्पले उपराष्ट्रपति पदको उम्मेदवार चयन गर्नुहुनेछ ।

ट्रम्पको चुनावी अभियानको कार्यालयले पूर्वनिर्धारित तालिका अनुसार नै ट्रम्प चुनावी अभियानमा सक्रिय हुनुभएको जनाएको छ । साथै कार्यालयले ट्रम्पको स्वास्थ्यप्रति चिन्ता, चासो र शुभेच्छा व्यक्त गर्ने सबैप्रति कृतज्ञता ज्ञापन गरेको छ । बिबिसी

प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  १३:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update