RayNewsDaily
पशुपति वनकालीमा बृहत् कोटिहोमा प्रारम्भ

रे समाचार/काठमाडौं । आराध्यदेव भगवान् पशुपतिनाथ परिसरको वनकालीमा आजदेखि एक महिनासम्म चल्ने बृहत् कोटिहोम महायज्ञको शुभारम्भ गरिएको छ । मानव कल्याणका लागि यही साउन १ गतेदेखि ३२ गतेसम्म ऐतिहासिक श्री पशुपति कोटिहोम तथा १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञको आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ । 

kotihom2-1721112483.jpgभगवान पशुपतिनाथको मन्दिर नजिक कैलाश डाँडामा आयोजना गरिएको कोटिहोम महायज्ञको हवन कुण्डमा हवन गर्दै पण्डितहरु ।तस्बिर : विमलबहादुर विष्ट/रासस
पशुपतिनाथ  क्षेत्रको वनकाली हंस मण्डप, काठमाण्डूमा आयोजना गरिएको उक्त कोटिहोम महायज्ञमा उपस्थित भई आशिर्वचन प्रदान गरिदिन आयोजक संस्था मानव सेवा फाउण्डेसनले सम्पूर्ण भक्तजनलाई आग्रह गरेको छ । उद्घाटनको पहिलो दिनमै भक्तजनहरूको उल्लेख्य उपस्थिति रहेको छ । 

 

 

प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  १२:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update