RayNewsDaily
महान्यायाधिवक्ता पोखरेलको राजीनामा स्वीकृत 

रे समाचार/काठमाडौं। महान्यायाधिवक्ता डा. दीनमणि पोखरेलले राजीनामा दिनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले महान्यायाधिवक्ता डा. पोखरेलले महान्यायाधिवक्ताको पदबाट दिनुभएको राजीनामा स्वीकृत गर्नुभएको छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले राष्ट्रपति पौडेलसमक्ष प्रधानमन्त्रीमार्फत महान्यायाधिवक्ता डा. पोखरेलले महान्यायाधिवक्ताको पदबाट दिनुभएको राजीनामा स्वीकृत भएको जानकारी दिनुभयो ।

Scan_20240716__2_-1721125910.jpg
महान्यायाधिवक्ता डा. पोखरेलले प्रधानमन्त्रीमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नियुक्त हुनुभएपछि पदबाट राजीनामा दिनुभएको हो । महान्यायाधिवक्ता प्रधानमन्त्रीको कानुनी सल्लाहकार पद हो ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री नियुक्त भएपछि उहाँले  पोखरेललाई महान्यायाधिवक्तामा नियुक्त गर्नुभएको थियो ।

 

 

प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  १६:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update