RayNewsDaily
नाट्यशालाको १०० अंक  पूरा

रमेश हतुवाली काठमाण्डू । रे टेलिभिजनको नियमित कार्यक्रम नाट्यशाला सञ्चालनको १०० भाग पूरा भएको  छ ।

Banner-1-1721398640.jpg
नाट्यशाला सञ्चालनको १०० भाग पूरा भएको अवसरमा आज रे टेलिभिजनले एक समारोहको आयोजना गरेको छ । समारोहमा बोल्नु हुँदै रे टेलिभिजनका अध्यक्ष प्रकाशबाबु पौडेलले नाट्य विधा र यससँग सम्बन्धित कलाकार, उत्पादक, निर्देशक लगायत सबैको साझा चौतारो नाट्यशाला रहेको बताउँनु भयो । अध्यक्ष पौडेलले रे टेलिभिजन सामाजिक उत्तरदायित्व पुरा गर्न निरन्तर लागिपरेको पनि बताउनु भयो । 

Prakash-Babu-Paudel-1721398673.jpg
कार्यक्रम नाट्यशालाका सञ्चालक कृष्ण खड्काले नाम चलेका मात्र नभइ यस नाट्य क्षेत्रमा आउने नव प्रतिभाहरुलाई समेट कार्यक्रमले महत्वपूर्ण स्थान दिएको बताउनु भयो । कार्यक्रम सञ्चालक खड्काले कार्यक्रम सञ्चालनका लागि रे टेलिभिजनले दिएको सहयोग र समर्थनको लागि कृतज्ञता समेत ज्ञापन गर्नुभयो । 

Krishna-Khadka-1721398716.jpg

नाट्यशाला कार्यक्रम रे टेलिभिजनको स्थापनाकालदेखिनै सञ्चालन हुँदै आएको नियमित र लोकप्रिय कार्यक्रम भएको दर्शकहरुले बताएका छन् । 

Group-Pic-1721398750.jpg
 

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  २०:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update