RayNewsDaily
सुनको मूल्य प्रतितोला एक सयले बढ्यो       

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु एक सयले बढेको छ ।    
    
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला रु एक लाख ४६ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ४६ हजार तीन सय निर्धारण भएको छ ।    
    
त्यस्तै, आइतबार प्रतितोला रु एक लाख ४५ हजार पाँच सयमा कारोबार भएको तेजाबी सुन आज रु एक लाख ४५ हजार छ सय निर्धारण भएको छ ।    
    
चाँदीको मूल्य प्रतितोला रु २० ले घटेको छ । आइतबार प्रतितोला रु एक हजार आठ सय १० मा कारोबार भएको चाँदी आजका लागि रु एक हजार सात सय ९० निर्धारण गरिएको छ । रासस

प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  ११:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update