RayNewsDaily
दुर्घटनामा तीनजना घाइते, एकको अवस्था गम्भीर   

मुग्लिन (चितवन) । जिल्लाको इच्छाकामना गाउँपालिका-६ जलबिरे नजिकै माइक्रो बस दुर्घटना हुँदा तीनजना घाइते भएका छन् ।    
    
जिल्ला प्रहरी कार्यालयका अनुसार कावासोतीबाट काठमाडौंतर्फ जादैँ गरेको ग१ख ९१५५ नं को माइक्रो आज बिहान नारायणगढ-मुग्लिन खण्डअन्तर्गत इच्छाकामना-६ जलबिरेस्थित सडकको डिभाइडरमा ठोकिँदा बसमा सवार तीनजना घाइते भएका हुन् ।    
    
घाइतेहरुको पुरानो मेडिकल कलेज भरतपुर उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार घाइतेमध्ये माइक्रोका सहचालक नवलपुरको कावासोती नगरपालिका-८ बस्ने ३६ वर्षीय धनश्याम न्यौपानेको अवस्था गम्भीर छ ।    
    
बस आफैँ अनियन्त्रित भई दुर्घटना भएको अनुमान गरिएको बताउँदै प्रवक्ता रिजालले माइक्रो चालक चितवनको माडी नगरपालिका-१ का नन्दलाल महतोलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो । उक्त माइक्रोमा १७ जना यात्री सवार थिए । रासस

प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  १३:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update