RayNewsDaily
परराष्ट्रमन्त्रीसँग गणतन्त्र कोरियाका राजदूत पार्कको भेट   

काठमाण्डू । परराष्ट्रमन्त्री डा. आरजु राणासँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क थियोङले शिष्टाचार भेट गर्नुभएको छ ।    
    
मन्त्रालयलमा आज भएको भेटवार्तामा उहाँहरूबीच नेपाल-गणतन्त्र कोरिया सम्बन्धका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । सो अवसरमा राजदूत पार्कले नवनियुक्त परराष्ट्रमन्त्री डा राणालाई बधाई दिनुका साथै कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो । रासस     

प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  २०:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update