RayNewsDaily
मिडिया अलाइन्स र टेलिभिजन संघबीच एकता

रमेश हतुवाली/काठमाण्डू । मिडिया अलाइन्स नेपाल र नेपाल टेलिभिजन संघबीच एकता भएको घोषणा गरिएको छ । काठमाण्डूमा आज एक समारोहबीच ती संस्थाहरुबीच एकता भएको घोषणा गरिएको हो ।

आमसञ्चारका प्रतिनिधिमूलक दुईवटा संस्थाबीच मिडिया अलाइन्स नेपालका महासचिव दिरेक लाल श्रेष्ठ र नेपाल टेलिभिजन संघका सचिव बद्री पोखरेलले एकता सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो । सातबुँदे एकता सम्झौतामा एकतापछि मिडिया अलाइन्स नेपालको नामबाट संस्था सञ्चालन गर्ने भनिएको छ । दुई संस्थाबीच एकता भएको मिडिया अलाइन्स नेपालमा नेपाल टेलिभिजन संघका तीन जनालाई कार्यसमितिमा समावेश गरिने भएको छ ।

दुईवटा संस्थाबीच सम्पन्न एकता सम्झौतापछि नेपाल टेलिभिजन संघको अस्तित्व स्वतः समाप्त भएको घोषणा गरिएको छ । यो सम्झौता साउन ७ गतेदेखि नै लागू हुने पनि उल्लेख गरिएको छ । सम्झौतामा उल्लेखित सर्तहरु दुवै पक्षले इमानदारिताका साथ परिपालना गर्ने र बाँकी काम कारबाही एउटा समिति बनाएर अघि बढाइने सम्झौतामा उल्लेख गरिएको छ ।

राज्यको चौथो अंगको मान्यता प्राप्त सञ्चारक्षेत्र विविध कारणहरुले कमजोर हुँदै गएको अवस्था मिडिया अलाइन्स नेपाल र नेपाल टेलिभिजन संघबीचको एकताले सञ्चारजगतमा आशाको सञ्चार गरेको विज्ञहरुको धारणा रहेको छ ।

प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  २३:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update