RayNewsDaily
हेटौँडा-काठमाडण्डू जोड्ने कान्तिलोकपथ सञ्चालनमा   

मकवानपुर । काठमाडण्डूबाट हेटौँडा जोड्ने कान्तिलोकपथअन्तर्गत ललितपुरको बागमती गाउँपालिका-३, छवेलीस्थित सोमबार राति गएको पहिरो हटाई हेटौँडातर्फको यातायात सेवा आज बिहानदेखि पुनः सञ्चालनमा आएको छ ।    
    
राती नै पहिरोको अवरोध हटाइएको ललितपुरको भट्टेडाँडा प्रहरी चौकीले जनाएको छ । ललितपुर र मकवानपुरको सिमाना नजिकै पर्ने छबेलीमा पहिरो जाँदा सोमबार बेलुका ९ बजेदेखि हेटौँडा-काठमाडौँतर्फको यातायात अवरुद्ध भएको थियो ।  

कान्तिलोकपथअन्तर्गत पर्ने मकवानपुरको बकैया गाउँपालिका-७ न्यासुरमा राति गएको पहिरो हटाई आज बिहान साढे ६ बजेदेखि यातायात सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक प्रकाश शाहले राससलाई जानकारी दिनुभयो ।    
    
यसैबीच, त्रिभुवन राजपथ, पूर्व-पश्चिम राजमार्ग र फाखेल, सिस्नेरी मातातीर्थ हुँदै काठमाडौँतर्फ जोड्ने सडक पनि आज बिहानदेखि यातायात सेवा सञ्चालन भएको प्रहरी निरीक्षक शाहले बताउनुभयो । रासस

प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  १३:००
प्रतिक्रिया दिनुहोस्
Weather Update