RayNewsDaily
बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका नेता लामाद्वारा दाबी पेस

रे समाचार/काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामा (तामाङ)ले दाबी पेस गर्नुभएको छ । प्रदेश प्रमुख कार्यालय हेटौंडामा एमाले र कांग्रेसका ६४ संसदको समर्थनमा लामाले आज मुख्यमन्त्रीमा दाबी पेश गर्नुभएको हो ।

लामाले कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाको उपस्थितिमा दाबी पेस गर्नुभएको हो । प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज साँझ ५ बजेपछि लामालाई मुख्यमन्त्रीमा नियुक्त गर्ने कार्यक्रम रहेको छ  । 

 

 

प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  १३:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update