RayNewsDaily
गाजा पट्टीमा इजरायली आक्रमणबाट ३९ हजार प्यालेस्टाइनीको मृत्यु

काठमाण्डौं । गत अक्टोबरदेखि अहिलेसम्म गाजा पट्टीमा इजरायली आक्रमणबाट ३९ हजार ६ जना प्यालेस्टाइनी नागरिकको मृत्यु भएको छ । चाईना केन्द्रीय टेलिभिजन (सीसीटीभि) का अनुसार गाजास्थित स्वास्थ्य अधिकारीहरूले सोमबार दिएको जानकारी अनुसार विगत २४ घण्टामा इजरायली सेनाले २३ जनाको ज्यान लिएको छ भने अन्य ९१ जनालाई घाइते बनाएको छ ।

Gaza-1-1721734488.jpg
जसबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ३९ हजार ६ जना पुगेको छ ।  अक्टोबर २०२३ को शुरुमा प्यालेस्टिन र इजरायलबीच संघर्ष सुरु भएदेखि ८९ हजार ८ सय १८ जना घाइते भएका छन् । 

गत अक्टोबरदेखि अहिलेसम्म गाजा पट्टीमा इजरायली आक्रमणबाट ३९ हजार भन्दा धेरै प्यालेस्टाइनी नागरिकको मृत्यु, युद्ध रोकिने सम्भावना अझै देखिएन ।। 

सोमबार दक्षिणी गाजा पट्टीको खान युनिस सहरमा इजरायली आक्रमणमा कम्तीमा ७० जना प्यालेस्टाइनीको मृत्यु हुनुका साथै अन्य २०० भन्दा बढी घाइते भएका गाजास्थित स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

इजरायल डिफेन्स फोर्सेस (आईडीएफ) ले सोमबार एक विज्ञप्तिमा उल्लेख गरे अनुसार उसले गाजान नागरिकहरूलाई खान युनिसको विशिष्ट क्षेत्रहरूबाट अस्थायी रूपमा खाली हुन आह्वान गरेको छ ।  गुप्तचरहरूले यी क्षेत्रहरूमा “आतंकवादीहरू“ ले युद्ध सञ्चालन गर्दै रकेटहरू प्रहार गरिरहेको संकेत गरेको दाबी गरेको छ । इजरायलले त्यहाँ आफ्नो सेना पुनः जम्मा गर्ने प्रयास गरिरहेको छ । 

विज्ञप्तीका अनुसार विहानैदेखि, इजरायली वायुसेना र तोपखाना बलहरूले खान युनिसमा ३० वटा भन्दा बढी “आतंकवादी पूर्वाधार स्थलहरू“ मा प्रहार गरेका छन् ।

तर हमासको सशस्त्र शाखा अल-कसाम ब्रिगेडले सोमबार दिएको जानकारी अनुसार उनका लडाकुहरूले खान युनिसको पूर्वी भागमा तीनवटा इजरायली मर्काभा ट्याङ्क र एउटा इजरायली सैन्य बुलडोजरमा प्रहार गरेका थिए ।


 

प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  १७:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update