RayNewsDaily
नवनियुक्त मुख्यमन्त्री लामाद्वारा पदभार ग्रहण       

मकवानपुर । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामाले पदभार ग्रहण गर्नुभएको छ ।    
    
मुख्यमन्त्री लामालाई मन्त्रिपरिषद्का प्रमुख सचिव गोविन्दबहादुर कार्कीलगायत अधिकृत तथा कर्मचारीहरुले स्वागत गर्नुभयो ।    
    
त्यसैगरी, नवनियुक्त मन्त्रीहरुले पनि आ-आफ्नो मन्त्रालयमा आजै पदभार ग्रहण गर्नुभएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् सचिवालयका प्रमुख सचिव गोविन्दबहादुर कार्कीले बताउनुभयो । रासस 

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  १४:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update