RayNewsDaily
६ दिन बढेपछि शेयर बजारमा करेक्सन

रे समाचार/काठमाडौं । केही दिनदेखि उच्च अंकले वृद्धि भएको शेयर बजारमा आज करेक्सन भएको छ । पछिल्ला ६ कारोबार दिनदेखि निरन्तर बढिरहेको शेयर बजार मापक नेप्सेमा आज भने करेक्सन भएको हो ।

आज नेप्से परिसूचक २७.३२ अंक घटेर २५३६.११ विन्दुमा झरेको छ । नेप्से घटे पनि आज कारोबार रकम भने बढेको छ । हिजो १४ अर्ब ११ करोडको शेयर खरिदबिक्री भएकोमा आज १६ अर्ब २० करोड ८५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । आज तीन वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । बोटलर्स नेपाल (तराई), एशियन हाइड्रोपावर र चन्द्रागिरी हिल्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यसैगरी,  समृद्धि फाइनान्स र आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । चिरख्वा हाइड्रोपावरको शेयरमूल्य भने आज सर्वाधिक ७.७९ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको आज ३६ करोड ७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । यसैगरी, शिवम् सिमेन्ट्सको ३४ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने अप्पर तामाकोशी हाइड्रोपावरको कारोबार रकम कारोबार रकम २९ करोड नाघेको छ ।

१३ उपसमूहको परिसूचकमध्ये आज ११ उपसमूहको परिसूचक घटेको छ भने २ वटा उपसमूहको परिसूचक बढेको छ । आज वित्त उपसमूहको परिसूचक सर्वाधिक १.१६ प्रतिशतले वृद्धि भएको छ । यसैगरी, होटल तथा पर्यटन उपसमूहको परिसूचक ०.१३ प्रतिशतले बढेको छ । व्यापार उपसमूहको परिसूचक भने सर्वाधिक ३.०९ प्रतिशतले घटेको छ । यसैगरी, बैंकिङ्ग, जलविद्युत, उत्पादन तथा प्रशोधन, लघुवित्त र अन्य उपसमूहको परिसूचकमा १ प्रतिशतभन्दा बढीको गिरावट आएको छ ।
 

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  १५:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update