RayNewsDaily
चर्चित लोकगायक एलपी जोशीको निधन

रे समाचार/काठमाण्डू । चर्चित लोकगायक एलपी जोशीको निधन भएको छ । 

गायक जोशीको हिजो साँझ झापाको दमकमा निधन भएको हो । दमकस्थित आफ्नै घरमा  साँझको खाना खाने तयारी गरिरहँदा बेहोस हुनुभएका जोशीलाई उपचारका लागि घर नजिकैको दमक अस्पताल लगिएको थियो । अस्पताल पुर्याउने वित्तिकै उहाँलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

८८ वर्षका जोशीले रिटिङ, रिटिङ नबजाउ बिनायो‘, वल्लो खोलो पल्लो खोलो लगायतका दर्जनौं कालजयी लोकगीतहरु गाएर चर्चाको शिखरमा पुग्न सफल हुनुभएको थियो । जोशीको आज अन्तिम संस्कार गरिने दमकस्थित पारिवारिक श्रोतले जनाएको छ । नेपालमा टेलिभिजन नआईसकेको समयमा रेडियो नेपालबाट प्राय सँधैभरी घन्किरहने उहाँका लोकभाखालाई जनताले आफ्नो जीवनको अभिन्न पक्षमा रुपमा हेर्ने गरेका थिए ।

सालीन स्वभावका जोशी सुन्दर चित्र कोर्न सक्ने चित्रकारको रुपमा पनि चिनिनुहुन्थ्यो । तत्कालिन राजा वीरेन्द्रले आफ्नो सुन्दर चित्र कोरेको भन्दै गायक जोशीलाई नगद पुरस्कार समेत दिनुभएको भएको थियो । जोशीका दर्जनौं महत्वपूर्ण चित्रहरु पनि रहेका छन् । 

प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  ०८:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update