RayNewsDaily
“ओलम्पिक खेलकुदको प्राविधिक नवीकरण तथा विकाससम्बन्धी चाइना मिडिया ग्रुपको प्रतिवेदन” पेरिसमा सार्वजनिक

काठमाण्डू । “ओलम्पिक खेलकुदको प्राविधिक नवीकरण तथा विकाससम्बन्धी चाइना मिडिया ग्रुपको प्रतिवेदन” को चिनियाँ, अंग्रेजी र फ्रान्सेली भाषालगायतका अनेकौं संस्करणहरू पेरिसमा सार्वजनिक गरिएको छ। 

2024072614534483044-1721994463.jpg
 

स्थानीय समयअनुसार जुलाई २५ तारिख  चाइना मिडिया ग्रुपका महानिर्देशक शन हाईस्युङ र ओलम्पिक प्रसारण सेवाका  प्रमुख कार्यकारी अधिकृत  इआनिस इजार्चोस पेरिस ओलम्पिक खेलकुद अन्तर्राष्ट्रिय रेडियो केन्द्रस्थित चाइना मिडिया ग्रुपको स्टुडियोमा प्रतिवेदन सार्वजनिक कार्यक्रममा सहमागी हुनुभएको थियो । 

2024072614535697388-1721994535.jpg
 

सो अवसरमा शन हाईस्युङले “ओलम्पिक खेलकुदको प्राविधिक नवीकरण तथा विकाससम्बन्धी चाइना मिडिया ग्रुपको प्रतिवेदन” चाइना मिडिया ग्रुपले वैज्ञानिक तथा प्राविधिक नवीकरणलाई निरन्तर रुपमा अगाडि बढाउने चरणबद्ध उपलब्धि रहेको बताउनुभयो। उहाँले चाइना मिडिया ग्रुपले ‌ओलम्पिक  प्रसारण सेवासँग दीर्घकालीन मैत्रीपूर्ण सहयोग गरेको, ओलम्पिक प्रसारण सेवा र अरु अन्तर्राष्ट्रिय सञ्चार-माध्यमहरूले चाइना मिडिया ग्रुपको उच्च मूल्याङ्कन गरेको बताउनुभयो।

ओलम्पिक प्रसारण सेवाका  प्रमुख कार्यकारी अधिकृत  इआनिस इजार्चोसले चाइना मिडिया ग्रुपले ओलम्पिक खेलकुदहरूको प्रसारणको प्रशंसा गर्नुभयो। सीएमजी

प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  १७:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update